दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास « Khabarhub

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको आइतबार औपचारिक शिलान्यास गरिएको छ।

भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले संयुक्त रूपमा उक्त केन्द्रको शिलान्यास गरेका हुन् ।

यो परियोजना भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। यसका लागि करिब १६.४ करोड नेपाली रुपैयाँ विनियोजन गरिएको छ।

यो प्रशोधन केन्द्र उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

समारोहमा दुहवी नगरपालिकाका मेयर तथा अन्य स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गरेका थिए।

उनीहरूले यो नयाँ संरचनाले दुहवीमा दिगो र वैज्ञानिक फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्ने तथा स्थानीय वातावरण र जनस्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे।

भारतीय दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपाल सरकारको पूर्वाधार विकास र समृद्धि प्रयासलाई सुदृढ पार्ने भारत सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’

यो परियोजना भारत सरकारले नेपालमा सञ्चालन गरिरहेका विभिन्न उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू मध्ये एक हो, जसमा शिक्षा, स्वास्थ्य र फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्र समेटिएका छन्।

दुहवी नगरपालिकाका बासिन्दाहरूले यो परियोजनालाई स्थानीय सरसफाइ र वातावरण संरक्षणका लागि महत्वपूर्ण कदमको रूपमा लिएका छन्।

निर्माण कार्य छिट्टै सुरु हुने र तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो सहयोगले नेपाल–भारतबीचको विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ५७ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा