कुन ब्लडग्रुप भएकाहरुले के खाँदा राम्रो ? « Khabarhub

कुन ब्लडग्रुप भएकाहरुले के खाँदा राम्रो ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ।

चिकित्सकहरुका अनुसार रगत समूह अनुरुप खानपानमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । यहाँ कुन रगत समूह भएकाहरुले के खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने विषयमा जानकारी प्रस्तुत गरिएको छ ।

ग्रुप ए

यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ । दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ । तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ । कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ ।

ग्रुप बी

यो रक्त समूह भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ ।

ग्रुप एबी

यो कम मान्छेमा पाइने ग्रुप हो । यो ग्रुप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन ।

ग्रुप ओ

यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : १३ बजे

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन