बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार अब नेपालमै « Khabarhub

बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार अब नेपालमै


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, “बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुशी छु ।”

भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, आन्द्रामा रौँ छिरेको र नसामा हुने विभिन्न जटिल समस्याको उपचार सहज भने छैन । शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्नु चुनौतीपूर्ण हुन्छ ।

सन् २०१७ मा बङ्गलादेशको बङ्गबन्धु शेख मोजिम मेडिकल विश्वविद्यालयबाट बालरोग सर्जरीमा एमएस गरेका डा कोइरालाकामा हाल यस्ता बिरामी बच्चाको चाप देखिन्छ । उन शिक्षण अस्पतालका साथै काठमाडौँ न्यूरो तथा जनरल अस्पताल र हेम्स अस्पतालमा समेत कन्सल्ट्यान्ट छन् ।

उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा चिकित्सक टोली तम्तयार भए पनि जन्मजात छाति जोडिएका जुम्ल्याहा बच्चाको सुर्खेतबाट काठमाडौँ ल्याउँदा बाटोमै मृत्यु भएको छ महिनाअघिको एक घटना सम्झँदै डा कोइराला भने, ‘नेपालमा सुलभ मूल्यमै यस्तो उपचार हुनसक्छ भन्ने थाहा नपाएर अभिभावकले बच्चालाई अस्पताल नल्याउँदा ज्यान जोखिममा परेका घटना छन्, तर हामी उपचार गर्न सक्छौँ ।’

चिकित्सक डा कोइरालाकै नेतृत्वमा जन्मँदै मेरुदण्डको नसा फुटेका ओखलढुङ्गाका मेघबहादुर मगरका चार दिनका बालकको शल्यक्रिया सफल भएपछि अभिभावक दङ्ग छन् । ‘माइलोमेनिङ्गोसिल इन्फेक्सन’का कारण उत्पन्न यो समस्याको समाधान भएपछि अब बच्चालाई दूध खुवाउन र दिसापिसाब गराउन कुनै समस्या छैन ।

सुन्धारास्थित काठमाडौँ न्यूरो तथा जनरल अस्पतालमा उपचाररत १५ वर्षीया बालिकाको जन्मजात पिसाब चुहिने समस्या (इक्टोपिक युरेटर) को पनि सात दिनअघि शल्यक्रिया सफल भएको छ । सात दिनअघि ती बालिकाको पिसाबको नली काटेर पुनः व्यवस्थापन गरिएको थियो ।

सोही अस्पतालमा दोलखाका सोमी तामाङका २१ दिनका छोराको एउटा अण्डकोष ठूलो भएको (अब्स्ट्रक्टेड हर्निया) को शल्यक्रिया सफल भएको छ ।

यो बालकको जन्मँदै एउटा अण्डकोष ठूलो थियो । चिसोले होला भनेर अभिभाावकले बढी सेकेपछि निलो भएर दुख्ने समस्याले अस्पताल ल्याइएको थियो । ‘एनस्थेसिस्ट’ डा प्रदीप कोइरालाई ती बच्चालाई बेहोस बनाउन निकै गाह्रो भएको थियो । ढिलो ल्याएको भए बच्चालाई जोखिम हुन सक्थ्यो ।

केही समय पहिले दुर्घटनामा परी मलद्वारा थुनिएका सर्लाहीका १० वर्षीया अर्चनाकुमारीको पनि सफल शल्यक्रिया गरेका चिकित्सक कोइरालाले जन्मँदै आन्द्रा फुटेका चार बच्चाको शल्यक्रियाबारे विश्वका अन्य मुलुकका बाल सर्जनले पनि चासो दिएका छन् ।

डा.कोइराला आउँदो अक्टोबार ३१ मा कतारको दोहामा हुने विश्व बाल सर्जन सम्मेलनमा उक्त विषयमा कार्यपत्र प्रस्तुतिको तयारीमा छन् ।

अर्चनालाई नेपालमा उपचार गराउनुअघि भारतको पिजिआइ अस्पताल, गङ्गाराम अस्पताललगायत पाँच अस्पतालमा लगिएको थियो । भारतमा करीब पाँच लाख खर्च गरेर नभएको उनको उपचार नेपालमा ७५ हजारमा सम्भव भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : १९ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा