जाडो मौसममा किन सुनिन्छन् हातखुट्टा ? « Khabarhub

जाडो मौसममा किन सुनिन्छन् हातखुट्टा ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु हुँदैछ । जाडो मौसममा प्रायः मानिसहरुको छाला फुस्रो हुने, हातखुट्टा सुनिने समस्या देखिन्छ ।

जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ।

‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।

लक्षण
– जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
– चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
– हातखुट्टा झमझम गर्छ,
– पानीको फोका आउन थाल्छ,
– त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।

कसरी बच्ने ?

यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो।

रगत सर्कुलेसनलाई बढाउने उपाय अपनाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। मानिसले जाडो मौसममा पानी कम मात्रामा पिउनाले, शरीरमा पानीको मात्रा कम हुने र प्रतिकूल मौसमलाई शरीरले समायोजन गर्न नसक्दा हात खुट्टा सुनिने समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन् । यसबाहेक हात खुट्टा सुनिने कारण यस्ता छन्-

सामान्य अवस्थाः

मोटोपना भएमा
दैनिक धेरै समय उभिनुपर्दा
एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
गर्भावस्थाको समयमा
उच्च रक्तचाप भएका वेला
गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्थाः

मुटुसम्बन्धी रोग भएमा
मुटु कमजोर भएमा
उच्च रक्तचाप र भल्बको रोग भएमा
दम भएमा
मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने हात खुट्टा सुनिने समस्या देखा पर्छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६