जाडो मौसममा किन सुनिन्छन् हातखुट्टा ? | Khabarhub Khabarhub

जाडो मौसममा किन सुनिन्छन् हातखुट्टा ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु हुँदैछ । जाडो मौसममा प्रायः मानिसहरुको छाला फुस्रो हुने, हातखुट्टा सुनिने समस्या देखिन्छ ।

जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ।

‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।

लक्षण
– जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
– चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
– हातखुट्टा झमझम गर्छ,
– पानीको फोका आउन थाल्छ,
– त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।

कसरी बच्ने ?

यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो।

रगत सर्कुलेसनलाई बढाउने उपाय अपनाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। मानिसले जाडो मौसममा पानी कम मात्रामा पिउनाले, शरीरमा पानीको मात्रा कम हुने र प्रतिकूल मौसमलाई शरीरले समायोजन गर्न नसक्दा हात खुट्टा सुनिने समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन् । यसबाहेक हात खुट्टा सुनिने कारण यस्ता छन्-

सामान्य अवस्थाः

मोटोपना भएमा
दैनिक धेरै समय उभिनुपर्दा
एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
गर्भावस्थाको समयमा
उच्च रक्तचाप भएका वेला
गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्थाः

मुटुसम्बन्धी रोग भएमा
मुटु कमजोर भएमा
उच्च रक्तचाप र भल्बको रोग भएमा
दम भएमा
मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने हात खुट्टा सुनिने समस्या देखा पर्छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे

तीन हजार बढी करदाताले बुझाएनन् विवरण

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले

प्रचण्डले भने – कम्युनिस्ट आन्दोलन टुटफुट, घात–प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढ्यो

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पूष्पकमल दाहाल

नेपाल नेत्रज्योति संघ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौं– नेपाल नेत्रज्योति संघ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

मध्यविन्दु– सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी

‘दिनभरको ज्यालाबाट जनताले पञ्चायतकालमा भूमिगत नेता पालेका थिए’

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा