फिटकिरीका १० फाइदा (प्रयोग गर्ने तरिकासहित) « Khabarhub

फिटकिरीका १० फाइदा (प्रयोग गर्ने तरिकासहित)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

फिटकिरी मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । मानिसको छालालाई सफा राख्न फिटकिरी उत्तम मानिन्छ । फिटकिरीको प्रयोगले कैयौँ रोग निको पार्न सकिन्छ भन्ने विषय तपाईलाई थाहा नहुन सक्छ ।

फिटकिरीमा हुने म्याग्नेसियम सल्फेट मानव कोषको महत्त्वपूर्ण हिस्सा हो । म्याग्नेसियमले शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर स्वस्थ राख्न मद्दत गर्छ ।फिटकिरीका फाइदा र प्रयोग गर्ने तरिका यहाँ प्रसतुत गरिएको छ–

१. हप्तामा एकपटक मनतातो पानीमा फिटकिरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।

२. हप्तामा दुई–तीनपटक तातोपानीमा एक कप फिटकिरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकिरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।

३. एक कप पानीमा दुई चम्चा फिटकिरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।

४. बाथटबमा फिटकिरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्टअट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।

५. फिटकिरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकिरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।

६. फिटकिरी मिसाएको पानीले हप्तामा तीन दिन नुहाउँदा स्ट्रेसबाट बचाउँछ । म्याग्नेसियम स्ट्रेस हुन दिँदैन ।

७. बाथटबमा मनतातो पानीमा फिटकिरी राखेर दुखेको स्थान डुबाई मालिस गर्दा म्याग्नेसियमको मद्दतले मांसपेशीलाई आनन्द प्राप्त हुन्छ ।

८. हप्ताको एक दिन ठूलो एक चम्चा जैतुनको तेलमा एक चम्चा फिटकिरी पाउडर मिलाएर छालामा मालिस गर्दा मरेका छालाका पत्र हट्छ ।

९. दिनमा एकपटक फिटकिरी राखेको मनतातो पानीमा १५ मिनेटसम्म गोडा डुबाउँदा दुखेको समस्या निको हुन्छ ।

१०. कुनै ठाउँमा चोटपटक लागेर रगत बगेमा सफा पानीमा फिटकिरी डुबाएर घाउ भएको ठाउँमा फिटकिरी दल्दा रगत बग्न रोकिन्छ भने इन्फेक्सन हुँन दिँदैन । त्यस्तै शरीरमा खटिरा आएर चिलाउँछ भने दैनिक फिटकिरी लगाउँदा किटाणुहरु नस्ट भइ चिलाउने समस्या हट्छ । संक्रमण फैलिन दिँदैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै