फिटकिरीका १० फाइदा (प्रयोग गर्ने तरिकासहित) « Khabarhub

फिटकिरीका १० फाइदा (प्रयोग गर्ने तरिकासहित)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

फिटकिरी मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । मानिसको छालालाई सफा राख्न फिटकिरी उत्तम मानिन्छ । फिटकिरीको प्रयोगले कैयौँ रोग निको पार्न सकिन्छ भन्ने विषय तपाईलाई थाहा नहुन सक्छ ।

फिटकिरीमा हुने म्याग्नेसियम सल्फेट मानव कोषको महत्त्वपूर्ण हिस्सा हो । म्याग्नेसियमले शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर स्वस्थ राख्न मद्दत गर्छ ।फिटकिरीका फाइदा र प्रयोग गर्ने तरिका यहाँ प्रसतुत गरिएको छ–

१. हप्तामा एकपटक मनतातो पानीमा फिटकिरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।

२. हप्तामा दुई–तीनपटक तातोपानीमा एक कप फिटकिरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकिरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।

३. एक कप पानीमा दुई चम्चा फिटकिरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।

४. बाथटबमा फिटकिरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्टअट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।

५. फिटकिरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकिरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।

६. फिटकिरी मिसाएको पानीले हप्तामा तीन दिन नुहाउँदा स्ट्रेसबाट बचाउँछ । म्याग्नेसियम स्ट्रेस हुन दिँदैन ।

७. बाथटबमा मनतातो पानीमा फिटकिरी राखेर दुखेको स्थान डुबाई मालिस गर्दा म्याग्नेसियमको मद्दतले मांसपेशीलाई आनन्द प्राप्त हुन्छ ।

८. हप्ताको एक दिन ठूलो एक चम्चा जैतुनको तेलमा एक चम्चा फिटकिरी पाउडर मिलाएर छालामा मालिस गर्दा मरेका छालाका पत्र हट्छ ।

९. दिनमा एकपटक फिटकिरी राखेको मनतातो पानीमा १५ मिनेटसम्म गोडा डुबाउँदा दुखेको समस्या निको हुन्छ ।

१०. कुनै ठाउँमा चोटपटक लागेर रगत बगेमा सफा पानीमा फिटकिरी डुबाएर घाउ भएको ठाउँमा फिटकिरी दल्दा रगत बग्न रोकिन्छ भने इन्फेक्सन हुँन दिँदैन । त्यस्तै शरीरमा खटिरा आएर चिलाउँछ भने दैनिक फिटकिरी लगाउँदा किटाणुहरु नस्ट भइ चिलाउने समस्या हट्छ । संक्रमण फैलिन दिँदैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ०० बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा