आतंकवादी हमलाको आशंकापछि दिल्लीमा हाई अलर्ट जारी « Khabarhub

आतंकवादी हमलाको आशंकापछि दिल्लीमा हाई अलर्ट जारी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको राजधानी दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै हाई अलर्ट जारी गरिएको छ ।

आतंकवादी संगठन जैश–ए–मोहम्मदले राजधानी दिल्लीका विभिन्न स्थानलाई आक्रमणको निशाना बनाएको गुप्तचर सूचनाको आधारमा दिल्ली प्रहरीले हाई अलर्ट जारी गरेको हो ।

हिन्दूहरुको चाड तिहारलाई मध्यनजर गरी उक्त आतंकवादी संगठनले आक्रमणको तयारी गरेको गुप्तचर स्रोतले जानकारी पाएको भारतीय अधिकारीहरुको भनाइ छ ।

भारतको ४ सय बढी स्थानमा आक्रमण गर्ने सूचना आएको भन्दै राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । भारतीय गुप्तचर एजेन्सीका अनुसार इस्लामिक आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतका विभिन्न स्थानमा आक्रमण गर्ने तयारी गरेको छ ।

दिल्ली प्रहरी प्रशासनले यो सूचना पाएलगत्तै हाई अलर्ट जारी गरेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीले राजधानी दिल्लीका १५ मध्ये आठ स्थानलाई अत्यन्तै संवदेनशील क्षेत्र घोषणा गरेको छ । त्यसमा रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले आफ्नो निशाना बनाउन सक्ने गुप्तचर अधिकारीहरुले आशंका गरेका छन् ।

ती क्षेत्रमा ४ सय २५ भन्दा बढी ब्यवसायिक भवनहरु रहेका छन्, जसको सुरक्षामा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन् । यस्तै २ सय भवनलाई भीआईपी क्षेत्र भनेर तोकिएको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै ती सबै स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

स्रोतका अनुसार ३ मे २०१६ मा दिल्लीको चाँदनी चोक क्षेत्रबाट पक्राउ परेका जैश–ए–मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजना रहेको खुलासा गरेका थिए । उनीहरुलाई आश्रय दिने १० भन्दा बढी स्थानीय व्यक्ति पनि पक्राउ परेका थिए ।

त्यसपछि जनवरी २०१९ मा पक्राउ परेका जैश–ए–मोहम्मदका अब्दुल लतिफ गनी–उमैर र हिलाल अहमद भटबाट पनि आक्रमणसँग सम्बन्धित महत्वपूर्ण जानकारी हासिल गरेको भारतीय सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : ०५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित