१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का « Khabarhub

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै १८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोकेको छ ।

ती कम्पनीको शेयर कारोबार आजबाट रोक्का भएको स्टक एक्सचेन्जले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली २०७५ विनियम १६ (१) (क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नुबझाएकाले कारोबार स्थगित गरिएको उल्लेख छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नु पर्ने प्रावधान छ । यस समयमा शुल्क नबुझाए शेयर कारोबार रोक्का हुन्छ । यद्यपि, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले जनाएको छ ।

कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : २० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान