महराको वयान शुरु, म्याद थपको तयारी « Khabarhub

महराको वयान शुरु, म्याद थपको तयारी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ ।

आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालायमा महराको बयान शुरु भएको हो ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका कारण महराको वयान हुन सकेको थिएन । आज सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो ।

महाराले यसअघि वायन दिन अस्वीकार गर्दै आएका थिए । महराको वयान नसकिएका कारण उनलाई थप हिरासतमा राख्न अदालतको अनुमति माग गर्ने तयारी गरिएको छ ।

पुन म्याथ थप माग गरिने

अनुसन्धानका लागि समय अपुग भएको भन्दै महराको म्याद थपको माग गर्ने तयारी सरकारी वकिलले गरेका छन् ।

पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको छ । सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।

यसअघि असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

संसद सचिवालयकी एक जना कर्मचारीमाथि यौन दुर्व्यवहारको किटानी जाहेरी परेपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ०३ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको