मोटा मानिसको फोक्सोमा पहिलो पटक बोसो भेटियो « Khabarhub

मोटा मानिसको फोक्सोमा पहिलो पटक बोसो भेटियो


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै तौल भएका र मोटा व्यक्तिहरूको फोक्सोमा पहिलो पटक बोसोजस्तो तन्तु पाइएको छ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ५२ जना मानिसहरूको फोक्सोको विश्लेषण गरेका थिए ।

त्यस क्रममा शरीरको तौल अनुपातमा ती व्यक्तिहरूको फोक्सोमा बोसो बढेको पाइएको बीबीसीले जनाएको छ ।

उनीहरूले भनेका छन्- बढी तौल हुने र मोटा व्यक्तिहरूमा दमको जोखिम किन बढी हुन्छ भन्ने जवाफ यो अध्ययनबाट मिल्न सक्छ । फोक्सो विज्ञहरूले भनेका छन्- त्यस्तो जोखिम घटाउँदा कम हुन जान्छ कि जाँदैन भनेर अध्ययन गर्नु रोचक हुनेछ ।

युरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित उक्त अनुसन्धानपत्रका अनुसार मृत्युपश्चात अनुसन्धानका लागि उपलब्ध गराइएका फोक्सोहरूको अध्ययन वैज्ञानिकहरूले गरेका थिए । ती नमुनाहरूमध्ये १५ जनामा दम देखिएको थिएन, २१ जनामा दम थियो तर उनीहरूको अर्कै कारणले निधन भएको थियो भने १६ जनामा कुनै पनि रोग देखिएको थिएन ।

अनुसन्धानकर्ताहरूले एडिपोज भनिने बोसो फोक्सोका ससाना वायु नलीका भित्ताहरूमा पाइएको र मोटा मानिसहरूमा त्यो बढी पाइएको बताएका छन् । वैज्ञानिकहरूले अनुसन्धानका लागि पाएका फोक्सोका १४ सयवटा एअरवेजहरूको अध्ययन रङ प्रयोग गरेर गरेका थिए ।

अनुसन्धानकर्ताहरूले शरीरको तौल अनुपात बढी भएकाहरूको फोक्सोका वायुमार्गहरूस्थित भित्ताका तन्तुहरूमा बोसोयुक्त कुराहरू पाएका थिए । उनीहरू भन्छन्- बोसो बढ्नाले वायुमार्गहरूका संरचनामा परिवर्तन ल्याउँछ र फोक्सो सुन्निन्छ। त्यसका आधारमा मोटा व्यक्तिहरूमा दमको जोखिम बढी हुन्छ भन्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : २३ बजे

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी