मोटा मानिसको फोक्सोमा पहिलो पटक बोसो भेटियो « Khabarhub

मोटा मानिसको फोक्सोमा पहिलो पटक बोसो भेटियो


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै तौल भएका र मोटा व्यक्तिहरूको फोक्सोमा पहिलो पटक बोसोजस्तो तन्तु पाइएको छ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ५२ जना मानिसहरूको फोक्सोको विश्लेषण गरेका थिए ।

त्यस क्रममा शरीरको तौल अनुपातमा ती व्यक्तिहरूको फोक्सोमा बोसो बढेको पाइएको बीबीसीले जनाएको छ ।

उनीहरूले भनेका छन्- बढी तौल हुने र मोटा व्यक्तिहरूमा दमको जोखिम किन बढी हुन्छ भन्ने जवाफ यो अध्ययनबाट मिल्न सक्छ । फोक्सो विज्ञहरूले भनेका छन्- त्यस्तो जोखिम घटाउँदा कम हुन जान्छ कि जाँदैन भनेर अध्ययन गर्नु रोचक हुनेछ ।

युरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित उक्त अनुसन्धानपत्रका अनुसार मृत्युपश्चात अनुसन्धानका लागि उपलब्ध गराइएका फोक्सोहरूको अध्ययन वैज्ञानिकहरूले गरेका थिए । ती नमुनाहरूमध्ये १५ जनामा दम देखिएको थिएन, २१ जनामा दम थियो तर उनीहरूको अर्कै कारणले निधन भएको थियो भने १६ जनामा कुनै पनि रोग देखिएको थिएन ।

अनुसन्धानकर्ताहरूले एडिपोज भनिने बोसो फोक्सोका ससाना वायु नलीका भित्ताहरूमा पाइएको र मोटा मानिसहरूमा त्यो बढी पाइएको बताएका छन् । वैज्ञानिकहरूले अनुसन्धानका लागि पाएका फोक्सोका १४ सयवटा एअरवेजहरूको अध्ययन रङ प्रयोग गरेर गरेका थिए ।

अनुसन्धानकर्ताहरूले शरीरको तौल अनुपात बढी भएकाहरूको फोक्सोका वायुमार्गहरूस्थित भित्ताका तन्तुहरूमा बोसोयुक्त कुराहरू पाएका थिए । उनीहरू भन्छन्- बोसो बढ्नाले वायुमार्गहरूका संरचनामा परिवर्तन ल्याउँछ र फोक्सो सुन्निन्छ। त्यसका आधारमा मोटा व्यक्तिहरूमा दमको जोखिम बढी हुन्छ भन्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : २३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज