एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ « Khabarhub

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आज नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ ।

यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र छ अफिसियलसहित २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । यही कात्तिक ६ गते उद्घाटन समारोहपछि नेपालले ताजकिस्तानसँग खेल्दै खेल शुभारम्भ गर्नेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक ७ गते उज्वेकिस्तानसँग तथा अन्तिम खेल ८ गते अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोलीमा विजय गुरुङ, अनिष श्रेष्ठ, निर्मल गुरुङ, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, आशिष लामा, मणि लामा, सुमित आले र सन्जोग चाम्लिङ राई छन् ।त्यस्तै नेपाली टोलीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : २४ बजे

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल