हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने « Khabarhub

हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ ।

बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ । “बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका छौँ, एक/ दुई दिनभित्रै उडानबारे सार्वजनिक गर्नेछौँ”, हिमालय एयरलाइन्सका एक उच्च अधिकारीले बताए । कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान गर्नेछ । यो गन्तव्यमा सातामा तीन उडान गर्ने जनाइएको छ ।

विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । बेइजिङ अन्तरराष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले पनि छिट्टै चीनको राजधानी बेइजिङ उडान भर्ने योजना बनाएको छ ।

हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बेइजिङ बाहेकका यी शहरमा नोभेम्बरभित्रै उडान शुरु गर्ने बताएको छ । हिमालयले गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा पनि उडान विस्तार गर्ने योजना बनाएको छ ।

चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ३ : ३७ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति