१२ वर्षदेखि जम्मा पारेको सिक्काबाट आमाको जन्मदिनमा फ्रिज उपहार « Khabarhub

१२ वर्षदेखि जम्मा पारेको सिक्काबाट आमाको जन्मदिनमा फ्रिज उपहार


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मन छुने कथाहरु धेरै पढ्नु तथा सुन्नु भएको होला । यस्तै, भारतका एक किशोरको कथा र उनको आमाभक्ति पनि कम छैनन् ।

भारत जोधपुरका एक किशोरले ५ बर्षको बालापनमा आमालाई फ्रिज किनिदिन्छु भनेर गरेको वाचा वर्षौं सिक्का जम्मा गरेर पूरा गरेका छन् ।

जोधपुरका रामसिंह नामका १७ वर्षीय किशोरले आमाको जन्मदिनमा उपहार दिन पत्रिकामा फ्रिजको विज्ञापन देखेपछि शो रुममा फोन गरी आफूले किन्न चाहेको बताए ।

तर, उनले आफूसँग नोट नभई सिक्का मात्र रहेको बताए । शो रुमले पनि सिक्का स्वीकार्ने बतायो । तब रामसिंहले वर्षांैअघिबाट आफूले जम्मा गरेको करिब ३५ किलो सिक्काको बोरा लिएर शोरुम पुगे ।

शोरुममा पुरै सिक्का गनियो । उनले संकलन गरेको सिक्का फ्रिजको मूल्यभन्दा २ हजार भारु अपुग भइदियो । तर पनि शोरुम संचालकले ती किशोरको भावनालाई ख्याल गर्दै फ्रिजको मूल्यमा २ हजार डिस्काउन्ट गरिदिए ।

खासमा रामसिंहले ५ बर्षको उमेरमा आमालाई फ्रिज किन्ने वाचा गरेका थिए । वचन गरेको दिनबाट उनले खुत्रुकेमा सिक्का जम्मा गर्न थाले । खुत्रुके भरिएपछि त्यसलाई फुटाएर नोट निस्के आमालाई दिन्थे भने बाँकी सिक्का सम्हालेर राख्थे ।

लगभग १२ बर्षपछि उनले आमाको जन्मदिन पारेर फ्रिज किन्ने निधो गरेका थिए । रामसिंहबाट फ्रिज उपहार पाएपछि उनका आमाबुबा निकै खुसी भएका छन् ।

उनको आमाभक्ति देखेर रामसिंहलाई शोरुमले डिस्काउन्टसहित अन्य उपहार समेत दिएको छ । शोरुम संचालक हरिकिशन खत्रीका अनुसार पाँच वर्षे बालक उमेरबाट नै उनमा भरिएको अठोट र आमाभक्ति फ्रिजको दामभन्दा मूल्यवान भएकाले उनलाई भारी छुट दिइएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ४७ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई