१२ वर्षदेखि जम्मा पारेको सिक्काबाट आमाको जन्मदिनमा फ्रिज उपहार « Khabarhub

१२ वर्षदेखि जम्मा पारेको सिक्काबाट आमाको जन्मदिनमा फ्रिज उपहार


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मन छुने कथाहरु धेरै पढ्नु तथा सुन्नु भएको होला । यस्तै, भारतका एक किशोरको कथा र उनको आमाभक्ति पनि कम छैनन् ।

भारत जोधपुरका एक किशोरले ५ बर्षको बालापनमा आमालाई फ्रिज किनिदिन्छु भनेर गरेको वाचा वर्षौं सिक्का जम्मा गरेर पूरा गरेका छन् ।

जोधपुरका रामसिंह नामका १७ वर्षीय किशोरले आमाको जन्मदिनमा उपहार दिन पत्रिकामा फ्रिजको विज्ञापन देखेपछि शो रुममा फोन गरी आफूले किन्न चाहेको बताए ।

तर, उनले आफूसँग नोट नभई सिक्का मात्र रहेको बताए । शो रुमले पनि सिक्का स्वीकार्ने बतायो । तब रामसिंहले वर्षांैअघिबाट आफूले जम्मा गरेको करिब ३५ किलो सिक्काको बोरा लिएर शोरुम पुगे ।

शोरुममा पुरै सिक्का गनियो । उनले संकलन गरेको सिक्का फ्रिजको मूल्यभन्दा २ हजार भारु अपुग भइदियो । तर पनि शोरुम संचालकले ती किशोरको भावनालाई ख्याल गर्दै फ्रिजको मूल्यमा २ हजार डिस्काउन्ट गरिदिए ।

खासमा रामसिंहले ५ बर्षको उमेरमा आमालाई फ्रिज किन्ने वाचा गरेका थिए । वचन गरेको दिनबाट उनले खुत्रुकेमा सिक्का जम्मा गर्न थाले । खुत्रुके भरिएपछि त्यसलाई फुटाएर नोट निस्के आमालाई दिन्थे भने बाँकी सिक्का सम्हालेर राख्थे ।

लगभग १२ बर्षपछि उनले आमाको जन्मदिन पारेर फ्रिज किन्ने निधो गरेका थिए । रामसिंहबाट फ्रिज उपहार पाएपछि उनका आमाबुबा निकै खुसी भएका छन् ।

उनको आमाभक्ति देखेर रामसिंहलाई शोरुमले डिस्काउन्टसहित अन्य उपहार समेत दिएको छ । शोरुम संचालक हरिकिशन खत्रीका अनुसार पाँच वर्षे बालक उमेरबाट नै उनमा भरिएको अठोट र आमाभक्ति फ्रिजको दामभन्दा मूल्यवान भएकाले उनलाई भारी छुट दिइएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ४७ बजे

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको