बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यसो गर्नुहोस् « Khabarhub

बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यसो गर्नुहोस्


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

शिशुलाई स्वस्थ र तन्तुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको नै आमाको दूध हो । शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।

स्तनपान गर्नाले शिशुलाई मात्र नभई आमालाई पनि यसले लाभ हुन्छ । आमाको दूधले बच्चालाई धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भने स्तनपान गराउने आमालाई बाँजोपनको समस्याबाट बचाउँछ ।

कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ । यदि बच्चाले १५ मिनेट जति लगातार दूध चुस्छ र एक डेढ घन्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ । तर केही अवस्थामा भने सुत्केरी आमाबाटै शिशुलाई दूध पुग्दैन । यस्तो अवस्थामा झोलिलो खानेकुराका साथ ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ ।

साथै माछामासु, सागपात, फलफूलजन्य खानेकुराले पनि आमाको दूध वढाउछ । सुत्केरी आमाको दूधले अरु के खादा शिशुलाई पर्याप्त दूधले पुग्ने हुन्छ त ?

ज्वानोको झोल

५ ग्राम ज्वानो आधा लिटर पानीमा स्वादको लागि अलिकति नुन र घिउ राखी आधा हुने गरी उमालेर मनतातो भएपछि २/३ घण्टाको अन्तरमा दैनिक ५/६ पटक पिउनाले आमाको दूध पर्याप्त आउँछ ।

झोलिलो खाना खाने

कुनै पनि हरियो सागसब्जीको झोल बनाएर त्यसलाई मनतातो भएपछि खानाले आमाको दूध प्रसस्त हुने र शिशुलाई पर्याप्त हुने गर्दछ ।

दालचिनी र दूध

दालचिनीलाई पिसेर धुलो बनाई एक कप दूधमा आधा चम्चा दालचिनीको धुलो फिटेर दैनिक २ पटक पिउनाले बिस्तारै आमाको दूध बढ्दै जान्छ र बच्चालाई पुग्दो हुन्छ ।

जिरा, मह र दूध

आधा कप दूध र दुई चम्चा जिराको दाना उमालेर एक गिलास उमालेको पानीमा एक चम्चा महको मिश्रण बनाई नियमित २ पटक पिउनाले सुत्केरी आमाको दूध प्रसस्त हुन्छ ।

साग र दूध

राम्ररी पखालेको मेथी वा पालुङ्गोको सागलाई दुई कप दूधमा उमालेर सुत्केरी आमालाई नियमित ख्वाएमा यसले प्रसस्त दूध आउने र बच्चालाई पुग्दो हुन्छ । यसले आमाको स्वास्थ्यमा पनि लाभ गर्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ०४ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले