पूर्वसांसद साहलाई शिशु जिम्मा लिई अदातलमा उपस्थित हुन आदेश « Khabarhub

पूर्वसांसद साहलाई शिशु जिम्मा लिई अदातलमा उपस्थित हुन आदेश


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालमा रहेको आफ्नो शिशु लिएर अदातलमा उपस्थित हुन आदेश दिएको छ ।

८ महिनाअघि डाउनसिन्ड्रोम भएको शिशु जन्मिएपछि अस्पतालमै छाडेकी साहलाई शिशु जिम्मा लिएर अदातलमा उपस्थित हुन  उच्च अदालतले आदेश दिएको हो ।

साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर शिशु डाउनसिन्ड्रोम भएको थाहा पाएपछि साहले अस्पतालले गल्ती गरेको भन्दै शिशु लिन अस्वीकार गरेकी थिइन् ।

साहले शिशु लिन अस्वीकार गरेपछि अस्पतालले उच्च अदालत पाटनमा साहविरुद्ध मुद्धा दर्ता गरेको थियो ।  सो मुद्धामा पाटन अदातले असोज ८ गते शिशुको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो ।

अदातलको आदेशपछि वीर अस्पतालले शिशुको स्वास्थ्य परीक्षण गरी असोज २९ गते स्वास्थ्य अवस्थाको रिपोर्ट अदालतमा पेस गरेको थियो ।  वीर अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा शिशुको अवस्था सामान्य रहेको पाइएपछि अदालतले साहलाई आफ्नो शिशु सहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : १५ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर