गुगल म्यापको नयाँ सुविधा, सवारी चालकका लागि बढी प्रभावकारी « Khabarhub

गुगल म्यापको नयाँ सुविधा, सवारी चालकका लागि बढी प्रभावकारी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लामो यात्रामा नस्किुन पर्दा होस या आफुलाई जनाकार नभएको ठाउँमा जानुपर्दा सामान्यतया हामी गुगल म्यापको प्रयोग गर्छौ । तर, गुगल म्यापसँग अर्को एप सँगै चालाउनेको संख्या पनि कम छैन । त्यो अर्को रियल टाईम म्यापिङ प्रोग्राम ‘वेज’हो ।

नेपालमा गुगल म्याप बढी प्रभावकारी छ । किन की सामान्यतया नयाँ ठाउँ जानुपर्दा सहज हुन्छ । त्यो भन्दा अन्य सुविधा हामीले प्रयोग गर्दैनौं र अन्य सुविधा नेपालमा सर्पोट पनि नगर्न सक्छ । तर, विश्व परिवेशमा रियल टाइम म्यापिङ प्रोग्राम दुई वटै चल्छ ।

कारण गुगल म्याप केही हदसम्म बढी प्रभावकारी र सहज पनि छ । गुगल तुरन्तै लोड हुनुका साथै वैकल्पिक बाटोहरु पनि पत्ता लगाउन सहयोग गर्छ । अर्को तर्फ वेज । जुन गुगलकै स्वामित्वमा रहेको कम्पनी हो । यसमा रहेको एउटा फिचर महत्वपूर्ण रहेको छ । यसबाट एउटा सवारी चालकले अन्य चालकलाई अगाडि बाटोमा भएका खतराको बारेमा जानकारी दिन सक्छन । साथै ट्राफिक चेकको बारेमा पनि जानकारी दिन्छ ।

तर, यहाँ अचम्म छ । जुन एउटा समस्या पनि हो । एकै पटक दुई वटा रियल टाईम म्यापिङ प्रोग्राम प्रयोग गर्दै हिड्न पर्ने बाध्यता छ । एउटै कम्पनीको दुई फरक एपमा भएका सुविधालाई गुगलले मर्ज गर्न सकको छैन । यदि एक ठाउँमा मर्ज गरिदिने हो भने दुई वटा एप प्रयोग गर्नपर्ने वध्यताबाट छुटकारा पाइन्छ ।

तर, यो हप्ता गुगलले केही हदसम्म यो समस्याको समाधान गरेको छ । गुगलले गुगल म्यापमा नयाँ सुविधा थप गरेको छ । जसमा सवारी चालकले तत्कालै बाटोमा देखिएको खतराको जानकारी अर्को चालकलाई दिन सक्छन् । प्रहरी चेक आउन लाग्यो, गति कति गर्नुपर्ने, अथवा कुन गतिमा ड्राइभ गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिनसक्ने बनाएको छ।

हाललाई यो केही एन्ड्रोइड फोनमा उपलब्ध गराइएको छ । आईओएर र एन्ड्रोइडका कतिपय भर्जनमा सर्पोट तत्कालै गर्ने छनै । तर, यो प्रयोगको लागि चालकहरु पैक्कै पनि उत्साहित हुनेछन् । तर, यसबाट एउटा समूह भने खुसी छैन होला ।

त्यो हो, प्रहरी । यसअघि प्रहरीले वेजसँग प्रहरीको लोकेसन देखाउने फिर्चसलाई बन्द गर्न आग्रह गरेको थियो । तर, वेजले उक्त सेवालाई बन्द भने गरेको छैन । अब गुगलले ल्याएको नयाँ सुविधा पनि प्रहरीकै टाउको दुखाई हुनेछ ।

रोडमा तीव्र गतिमा सवारी चालउने चालकले अब प्रहरी कारबाही गर्न पाउने छैन । गति तीव्र भइरहेको छ भन्ने कुरा प्रहरी चेक पोइन्टमा पुग्नु भन्दा अघि नै चालकले गुगल म्यापबाट थाहाँ पाउन सक्छन् । जसले गर्दा ड्राइभरले समयमै आफ्नो सवारीको गति सीमित गरी जानसक्छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ३५ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’