बिरामीको मृत्युपछि आफन्तद्वारा अस्पताल तोडफोड « Khabarhub

बिरामीको मृत्युपछि आफन्तद्वारा अस्पताल तोडफोड


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्यास र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो ।

सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उनले बताए । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले अस्पतालको अगाडिको सिसा फुटेको उनले जानकारी दिए । नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो ।

कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताए ।

दुई महिनाअघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजे तिर शल्यक्रियाका लागि अस्पताल लगिएको थियो ।

अस्पातलले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनी जानकारी गराएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताए ।

मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट