नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जना पक्राउ « Khabarhub

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जना पक्राउ


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् ।

आइतबार अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँ कपन बस्ने ४१ वर्षका मङगले तामाङ, सोही ठाउँ बस्ने २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर तथा सोही ठाउँ घर भई हाल ललितपुर सानागाँउ बस्ने २३ वर्षीय किरण लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।

उपभोक्ताले सुन खरीद गर्न तयार गरेको रु पाँच लाखसहित सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए । उनीहरुका साथबाट एक किलो नक्कली सुन र छ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : २२ बजे

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।