नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जना पक्राउ « Khabarhub

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जना पक्राउ


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् ।

आइतबार अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँ कपन बस्ने ४१ वर्षका मङगले तामाङ, सोही ठाउँ बस्ने २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर तथा सोही ठाउँ घर भई हाल ललितपुर सानागाँउ बस्ने २३ वर्षीय किरण लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।

उपभोक्ताले सुन खरीद गर्न तयार गरेको रु पाँच लाखसहित सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए । उनीहरुका साथबाट एक किलो नक्कली सुन र छ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : २२ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र