उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन « Khabarhub

उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- राष्टिय जनता पार्टी (राजपा) नेपालले आगामी म‌ंसिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीन/तीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिए।

‘जिल्ला अध्यक्षण मण्डलको सबै सदस्यलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रुपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा पठाउन निर्देशन गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ३९ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र