सीओपीडी दमबारे भ्रम र वास्तविकता | Khabarhub Khabarhub

सीओपीडी दमबारे भ्रम र वास्तविकता


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग ( सीओेपीडी दम ) का बिरामीहरु बढ्दै गएका छन् । नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा यो रोगको समस्या रहेको छ ।

मानिसहरुमा सीओपीडी रोग विषयमा धेरै भ्रमहरु रहेको डा अशेष ढुंगाना बताउँछन् । सीओपीडी दमको विषयमा भ्रम हुँदा पनि मानिसहरु उपचारको पहुँचमा नभएको उनको भनाइ छ ।

सीओपीडी दम भनेको दीर्घकालिन रुपमा देखिने श्वास प्रश्वासको समस्या हो । यो रोगका बिरामीमा खोकी लागिरहने, खोकीमा सेतो पहेलो खकार आउने, अलिकति हिड्दा पनि स्वा–स्वा हुने, लगायतको समस्या देखिन्छ । यो रोग धुँलो धुँवामा धेरै समय रहने, धुम्रपान सेवन गर्ने मानिसमा लाग्ने सम्भावना बढी हुन्छ ।

आज हामी तपाईलाई सीओपीडी दमको विषयमा समाजमा रहेको केही भ्रम र त्यसको वास्तविकता बारे जानकारी प्रस्तुत गरेका छौं-

सीओपीडी दमबारे भ्रम र वास्तविकता

भ्रम: दम धेरै मानिसलाई हुँदैन ।
वास्तविकता: नेपालमा प्रत्येक १० जनामध्ये एक जनामा सीओपीडी दम रोग छ ।

भ्रम: दम धुम्रपान गर्नेलाई मात्र हुन्छ ।
वास्तविकता: धुम्रपान दम रोगको प्रमूख कारण भएपनि वायु पदुषण, पेशागत जोखिमहरुको कारणले पनि दमको रोग लाग्ने सम्भावना हुन्छ ।

भ्रम: उमेर बढ्दै जाँदा स्वास्वा हुनु सामान्य हो ।
वास्तविकता: स्वास्वा हुनु सीओपीडी दमको लक्षण हो । यसको उपचार गर्दा पूर्ण रुपमा ठिक हुन्छ ।

भ्रम: दम रोगको पूर्ण उपचार सम्भव छैन ।
वास्तविकता: समयमा सही उपचार गरेमा सीओपीडी दम भएका बिरामीले सहज रुपमा जीवनयापन गर्न सक्छन् ।

भ्रम: सीओपीडी दम भएपछि धुम्रपान त्यागे पनि नत्यागे पनि कुनै प्रभाव पर्दैन।
वास्तविकता: सीओपीडी दम भएका बिरामीले धुम्रपान त्याग्दा अकाल मृत्युबाट बच्न सकिन्छ ।

भ्रम: इन्हेलर औषधि राम्रो होइन ।
वास्तविकता: उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घकालीन रोग भएकाले इन्हेलर सधैँ प्रयोग गर्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ८ : २२ बजे

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।

बल्बी खोलाको बाढीले बगाउँदा बालिकाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको

देबार खोलामा बालिकाको शव फेला

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव

आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले

उपत्यकामा दिनभरी झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी जस्तै झरी