विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ५० मिलिग्राम र नगद ७३ हजार रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको टोखा नगरपालिका-६ ग्राण्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय बिसाल पाठक र झापा मेचीनगर नगरपालिका-१० घर भएका २१ वर्षीय ईमान महमद रहेका छन् । 

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलबाट नियन्त्रित फेनारगन ३९ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित तनहुँ ब्यास नगरपालिका-१ बस्ने २१ वर्षीय रबिन उचाइलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी बिट कृष्ण मन्दिरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प २४९२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

मोरङको रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ दर्बेशा बस्ने २१ वर्षीय पारस राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका को.२५ प १८१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बिपी चोक बस्ने १९ वर्षीय गणेश बर्देवा र लेटाङ नगरपालिका-४ हाटखोला बस्ने २४ वर्षीय देबिन नेपाली रहेका छन् । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका-४ जहडीबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय २५ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय रंजित ठाकुर र सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय अरजित तामाङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही ठाउँ बस्ने ५० वर्षीय विष्णु बहादुर तामाङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात बिष्णुलाई कटारी
नगरपालिका-४ स्थित पानी ट्याङ्की जंगलबाट गाँजा ९ किलो ३५ ग्राम सहित फेला पारी पक्राउ गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका-३ आदर्शनगर डेरा गरी बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय रोशन सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम र नगद ८ हजार ६ सय ७५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय रोहित रायलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ३५ बजे

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ