नयाँ मन्त्रिपरिषदमा ९ नयाँ अनुहार, आज बिहान ११ बजे शपथ ग्रहण « Khabarhub

नयाँ मन्त्रिपरिषदमा ९ नयाँ अनुहार, आज बिहान ११ बजे शपथ ग्रहण


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधिनको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविधाजन गरेको जनाएको छ ।

राष्ट्रपति भण्डारीले ओली सरकार गठन भएको २१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन गरेकी हुन् । प्रधानमन्त्री ओलील २०७४ फागुन ३ गते सरकार गठन गरेका थिए ।

नयाँ मन्त्रीहरुको शपथ आज विहान ११ बजे गरिने भएको छ । पुनर्गठनमा केही मन्त्रीलाई हटाइएको छ भने केही नयाँ अनुहार ल्याइएको छ । केहीको मन्त्रालय परिवर्तन गरिएको छ । ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ नयाँ अनुहारले नयाँ मन्त्रिपरिषदमा ठाउँ पाएका छन् ।

नयाँ मन्त्रिपरिषद्को सूची यस्तो छ –

१ केपी शर्मा ओली-प्रधानमन्त्री
२ ईश्वर पोखरेल – उपप्रधानमन्त्री रक्षा
३ उपेन्द्र यादव- उपप्रधानमन्त्री कानून, न्याय तथा संसदीय मामिला
४ रामबहादुर थापा- मन्त्री गृह
५ प्रदीपकुमार ज्ञवाली- मन्त्री परराष्ट्र
६ हृदयेश त्रिपाठी- मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
७ गिरीराजमणि पोखरेल- मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
८ वर्षमान पुन- मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
९ घनश्याम भुसाल- मन्त्री कृषि तथा पशुपन्छी विकास
१० भानुभक्त ढकाल- मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
११ लेखराज भट्ट- मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१२ योगेशकुमार भट्टराई- मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ शक्तिबहादुर बस्नेत- मन्त्री वन तथा वातावरण
१४ रामेश्वर राय यादव- मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ डा. युवराज खतिवडा- मन्त्री अर्थ
१६ मोहम्मद इश्तियाक राई- मन्त्री सहरी विकास
१७ जगतबहादुर सुनार (विश्वकर्मा)- मन्त्री युवा तथा खेलकुद
१८ गोकुलप्रसाद बाँस्कोटा- मन्त्री सञ्चार तथा सूचना प्रविधि
१९ पद्माकुमारी अर्याल- मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० बीना मगर- मन्त्री खानेपानी
२१ वसन्तकुमार नेम्वाङ -मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२२ पार्वत गुरुङ- मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२३ मोतीलाल दुगड- राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४ नवराज रावत- राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२५ रामवीर मानन्धर- राज्यमन्त्री सहरी विकास

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : १४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि