दैलेखमा पेट्रोलियम अन्वेषणका चार सर्भे हुँदै « Khabarhub

दैलेखमा पेट्रोलियम अन्वेषणका चार सर्भे हुँदै


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे शुरु गर्ने भएको छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक शुरु भएको छ ।

त्रिपाठीका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि शुरु भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य हुन्छ ।

त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महत्त्वपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पुर्‍याएको छ ।

अन्य तीनवटामध्ये भौगर्भिक सर्भे, भू–भौतिक सर्भे र जिओकेमिकल सर्भेका काम पनि एकैपटक शुरु गरिएको बताए ।

चिनियाँ प्राविधिक टोलीले पहिलोपटक गरेको सर्वेक्षणमा पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने र त्यसको उत्खनन कुन भागबाट गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेपछि थप काम अगाडि बढ्ने जनाइएको छ ।

अन्वेषणको काम संवेदनशील भएकाले खोज तथा अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षित रूपमा राख्नुपर्ने भएका कारण पनि प्राविधिक टोलीले दैलेखको दुई स्थानमा बेस क्याम्प निर्माण गर्ने भएको छ ।

दैलेखको डुगेश्वर गाउँपालिका–१, बेलपाटाको चुप्रामा बेस क्याम्प निर्माण भएको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालको आडमा बेस क्याम्प निर्माण गर्ने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

अन्वेषणको सहजताका लागि सुरक्षा जिम्मेवारी लिएको जिल्ला प्रशासन कार्यालय दैलेखले आवश्यक पर्ने सुरक्षा यसका लागि रणनीति तयार गरी कार्यान्वयन गरिरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

उनले दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण नेपालको महत्त्वपूर्ण आयोजना भएका कारण सुरक्षा व्यवस्थालाई महत्त्वपूर्ण रूपमा लिइएको बताए ।

अहिले पेट्रोलियम पदार्थ भएको स्थानभन्दा २० किलोमिटर क्षेत्र वरपरको सर्भे भएको छ । विस्फोटक पदार्थ पड्काएर अन्वेषण गरिने हुँदा त्यसप्रति सुरक्षा निकायले विशेष चासो राखेको बताए ।

चीनका प्राविधिकसहित विभिन्न मुलुकमा पेट्रोलिम पदार्थ अन्वेषणमा काम गरेका १७ जना कामदार अन्वेषणमा आएका छन् । ७० जना स्थानीय कामदार दैलेखबाट कार्यरत छन् ।

अन्वेषणका लागि भोजपुरबाट समेत विदेशमा अन्वेषणमा काम गरेका कामदारले अहिले दैलेखमा अन्य कामदारलाई काम सिकाइरहेका छन् । धनुषाका विन्देश्वर शाहले ड्रिलिङ गर्ने, विस्फोट गर्नेजस्ता काम विदेशमा समेत गरेकाले यहाँका कामदारलाई काम सिकाइरहेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : ५८ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका