कतातिर जाँदैछ ओली सरकार ? | Khabarhub Khabarhub

कतातिर जाँदैछ ओली सरकार ?



केपी ओली नेतृत्वको सरकार के सरकार हो ? यो सरकारलाई कुन राजनीतिक भाषाले परिभाषित गर्ने ? यो सरकारलाई के भनेर सम्बोधन गर्ने ? किनकि ओली नेतृत्वको सरकारलाई कम्युनिस्टको दुई तिहाइको सरकार भनिएको छ। यो सरकारलाई कम्युनिस्टको सरकार भन्ने कि नभन्ने ?

ओली नेतृत्वको सरकार कतातिर जाँदै छ ? यस सरकारको भविष्य के हो ? आदि विषयमा यतिबेला नेपाली समाजमा, नेपालको राजनीतिमा ब्यापक बहस चल्ने गरेको छ । यस विषयमा प्रष्ट हुन जरुरी पनि छ ।

पहिलो नम्बरमा ओली नेतृत्वको सरकार कम्युनिस्टको सरकार होइन । यहाँ ओली नेतृत्वको सरकार कम्युनिस्टको सरकार हो भनेर ब्यापक रुपमा भ्रमको खेती गरिएको छ । यो गलत कुरा हो, झुट कुरा हो । यस विषयमा सबै स्पष्ट हुन जरुरी छ । ओली नेतृत्वको सरकार कम्युनिस्टको खोल ओढेको , मार्क्सवादको जामा पहिरिएको नामधारी नक्कली कम्युनिस्टहरूको सरकार हो ।

गत संसदीय निर्वाचनमा तत्कालीन नेकपा(एमाले ) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच बामतालमेलका आधारमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेर बनेको सरकार हो।

पछि मधेसमा क्रियाशील सामन्तवादी एवम् क्षेत्रीयतावादी पार्टी उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी फोरमलाई सरकारमा सामेल गरे पछि यसले कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकारको दुहाई दिदै आएको छ ।

यहाँ निर स्पष्ट हुनुपर्ने कुरा के छ भने ओली नेतृत्वको सरकार कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार नभएर प्रतिक्रियावादीहरुको सामाजिक फासीवादी सरकार हो । दलीय ब्यवस्था भएको मुलुकमा कुनै पनि सरकारले कुनै न कुनै राजनीतिक शक्तिको प्रतिनिधित्व गर्छ।

संसदीय राजनीतिलाई अंगिकार गरेकाहरुलाई त यो सर्वमान्य विषय मानिन्छ । अहिले नेपालमा संसदीय ब्यवस्था लागु भइरहेको छ । ओली नेतृत्वको सरकार बहुमतीय प्रणाली का आधारमा , संसदीय प्रणालीका आधारमा गठन भएको सरकार हो ।

तसर्थ ओली नेतृत्वको वर्तमान सरकार दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तवर्गको राजनीतिक प्रतिनिधित्व गर्ने प्रतिक्रियावादीहरुको सरकार हो ।

किनभने झापा विद्रोहको जगलाई टेकेर आएको नेकपा(एमाले ) र १० वर्षे जनयुद्धको जगमा टेकेर आएको नेकपा (माओवादी केन्द्र) एउटै पार्टीमा एक आपसमा विलय भएपछि बनेको सरकार हो ।

जनताको बहुदलीय जनवादको नारा उराल्दै बि.सं.२०५० को दशकमा संसदीय भाषामा चुर्लम्म डुब्न पुगेर दक्षिणपन्थी संशोधनवादको बाटो हुदै प्रतिक्रियावादमा पतन भइसकेको तत्कालीन नेकपा(एमाले) र बि.सं. २०६० को दशकमा पुगेर २१ औं शताब्दीको जनवादको नारा उराल्दै नवसंशोधनको बाटो हुदै संसदीय ब्यवस्थामा चुर्लम्म भएर डुब्न पुगेर प्रतिक्रियावादमा परिणत हुन पुगेको तत्कालीन नेकपा(माओवादी केन्द्र) को वर्तमान ओली नेतृत्वको सरकार त्यही माथि उल्लेख गरिएको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको राजनीतिक प्रतिनिधित्व गर्ने दलाल सरकार हो । यो विषयमा कोही पनि भ्रममा पर्नु हुदैन ।

वर्तमान सत्तारुढ नेकपाको कुनै वर्ग छैन । त्यसो भएर यसले दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको वर्गीय सत्ताको सरकारमा पुगेर उसको नोकरको रुपमा दलाल सरकारको भूमिका निर्वाह गरिरहेको छ । किनकि सत्ता , सरकार फरक फरक विषय हुन । दक्षिणपन्थी संशोधनवादीहरु अन्ततः प्रतिक्रियावादमा पतन हुन पुग्दछन् , यो कुराको ब्याख्या र पुष्टि पहिले नै लेनिनले गरिसकेका छन् ।

नेपाली जनता कम्युनिस्टहरूका समर्थक भएकाले गत निर्वाचनमा तत्कालीन एमाले र तत्कालीन माकेलाई कम्युनिस्ट नै भनेर झुक्किएर भोट दिएर दुई तिहाईको हाराहारीमा पुर्याइदिएका थिए । अहिले नेपाली जनता पछुताई रहेका छन ।

ओली नेतृत्वको सरकारले दुई तिहाईको बहुमतीय सरकारको दुहाई दिइरहेको छ । सरकारले जनतालाई ढाँटिरहेकोछ । समाजवाद उन्मुख सरकारको प्रचारवाजि गरिरहेको छ ।

समाजवाद सम्बन्धि एउटा पनि काम गर्न सकिरहेको छैन । शिक्षा र स्वास्थ्यमा ब्यापक रुपमा भ्रष्टाचार भइरहेको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा ब्यपक रुपमा माफियाकरण भइरहेको छ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा ब्यापक रुपमा व्यापारिकरण भइरहेको छ । ओली सरकारले यसता तत्वहरुलाई कारवाही गर्नुको सट्टा उनीहरूलाई संरक्षण दिने र प्रोत्साहन गर्ने कार्य गरिरहेको छ ।

यस प्रकारको सरकारलाई के कम्युनिस्टको सरकार भन्न मिल्छ ? मिल्दैन । त्यसैले नै यो सरकारलाई प्रतिक्रियावादीहरुको सरकार भनिएको हो ।
महंगीले जनताको ढाड सकिएको छ । मूल्य नियन्त्रण गर्ने कार्यमा सरकार मौन । हत्या , बलात्कारका घटनाहरु बढिरहेका छन् ।

ओली सरकार दोषी र अपराधीलाई कारर्वाही गर्नुको सट्टा उल्टै उनीहरूलाई संरक्षण दिने काम भइरहेको छ। यस्तो सरकार पनि कम्युनिस्टको सरकार हुन सक्छ ? सक्तैन, त्यसैले ओली नेतृत्वको सरकार दलाल सरकार हो , प्रतिक्रियावादी सरकार हो ।

आज आएर यो सरकारले राष्ट्रिय स्वाधीनताको सवालमा सकारात्मक संकेत दर्शाएको छ । यसलाई उसको व्यवहारमा हेर्नुपर्दछ । “ढाँटको निम्तो खाई पत्याउनु ” भने झै राष्ट्रिय स्वाधीनताको सवालमा भारतीय शासकवर्गका सामु रत्तिभर नझुकेर , लमपसार नपरेर डटेर मुकाविला गर्न सक्यो भने यसलाई नेपाली जनताको केही सहानुभूति कायम रहन सक्छ ।

दोस्रो नम्बरमा ओली नेतृत्वको सरकार कतातिर जादै छ ? भन्ने जुन प्रश्न छ , यो के हो भने जन सरकार नभएर , कम्युनिस्टको सरकार नभए र दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गको दलाल सरकार भएकाले यो सरकारले आफूलाई कम्युनिस्ट भनाउन पनि नछाड्ने, प्रतिक्रियावादी सरकारको भूमिका फर्स्योट गर्न पनि नछाड्ने भएकोले भविष्यमा यो ओली नेतृत्वको सरकार नितान्त सामाजिक फासीवादी सत्ताको कालो इतिहास बोकेर नेपाली समाजबाट विलोप हुदै जाने सम्भावना प्रवल छ ।

संसारको राजनीतिक इतिहास पनि यस्तै छ । जहाँ जहाँ र जुन जुन देशमा कम्युनिस्टहरू सत्तामा पुगेर पछिल्लो अवधिमा दक्षिणपन्थी संशोधनवादी एवम् नवसंशोधनवादी बाटो पकडेर प्रतिक्रान्तिको नेतृत्व गर्दै प्रतिक्रियावादी सरकारको नेतृत्व गर्न पुगे ती कथित कम्युनिस्टहरू समाजबाट विलोप हुन पुगेको इतिहास छ । अब नेपालको इतिहास पनि यस्तै बन्ने पक्का छ ।

अन्तिममा यसको विकल्प को हुन सक्ला भन्ने प्रश्न खडा हुन सक्छ । आज संसारमा विकल्प नभएको कुनै चिज नै छैन संसारमा जुनसुकै चिजको पनि विकल्प हुन्छ भनेझैं ओली नेतृत्वको वर्तमान सरकारको पनि विकल्प छ ।

नेपाली जनताले ओली सरकारको विकल्पमा जन गणतन्त्रलाई रोज्ने छन् । नेपालमा जनगणतन्त्रको जग तयार भइसकेको छ । नेपाली जनता र नेपाल राष्ट्रको सुन्दर भविष्य जन गणतन्त्रबाट मात्रै निर्माण हुनेछ । अन्तिममा नेपाल राष्ट्र र नेपाली जनताको भविष्य यसैमा निहित हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : १४ बजे

भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना