नगरकोट सडक खण्डका कर्मचारी माथी हातपात « Khabarhub

नगरकोट सडक खण्डका कर्मचारी माथी हातपात


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर-नगरकोट सडकखण्ड निर्माणमा खटिएका एक कर्मचारीमाथि कुटपिट भएको छ ।

सडक निर्माणको ठेक्का पाएको एआइपीएल एससीसीपीएल जेभीका कर्मचारी तथा सवारी चालक अभय खतिवडालाई अज्ञात समूहले कुटपिट गरेको हो ।

खतिवडालाई कुटपिट गर्नुका साथै उनले चलाएको बा २ क ५००५ नम्बरको गाडी पनि तोडफोड भएको प्रहरी प्रभाव खरीपाटीले जनाएको छ ।

प्रहरीमा परेको उजुरी अनुसार खतिवडालाई अज्ञातसमूहले मरणासन्न हुने गरी कुटपिट गरेको छ । त्यस्तै उनी सवार गाडी पनि तोडफोड गरिएको छ । घाइते खतिवडाको उपचार भइरहेको र कुटपिटमा संलग्न समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय स्थानीयबासीले समयमै सडक नबनेको भन्दै ठेकेदार कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । यो सडक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको शैलुग कन्स्टक्सन कम्पनीले काम गर्दै आइरहेको छ ।

कम्पनीले सार्वजनिक व्यक्तव्य प्रस्तुत गर्दै पटक पटक जोडतोडले निर्माण कार्य सञ्चालन गर्दा कर्मचारीमाथि भएको आक्रमण निन्दनीय भएको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : ५७ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको