सागमा नेपालको इतिहास बनाउने ५ खेलाडी | Khabarhub Khabarhub

सागमा नेपालको इतिहास बनाउने ५ खेलाडी



काठमाडौं –हरेक क्षेत्रमा कुनै न कुनै व्यक्ति त्यस क्षेत्रका नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत बन्ने गर्छन् । राजनीति, अर्थ, कृषि वा खेल यी सबै क्षेत्रमा कोही न कोही कसै न कसैबाट प्रभावित हुने गर्छन् ।

ती व्यक्तिहरुले पाएको सफलता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सम्मानबाट अन्य व्यक्तिहरु प्रभावित हुनेगर्छन् ।

यस्तै, नेपाली खेलकुदमा पनि केही यस्ता खेलाडी छन् । जो आफ्नो पुस्ताका मात्रै नायक बनेन् दोस्रो पुस्ताका लागि पनि प्रेरणाका स्रोत बने । उनीहरुले पाएको सफलतामा हरेकले तारिफ गर्दछन् भने त्यो सफलता चुम्न सक्दो प्रयास अहिलेका खेलाडीले गरिरहेका छन् ।

खबरहबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नजिँदै गर्दा सागमा अहिलेसम्मका सफल ५ खेलाडीको सूचि तयार पारेको छ ।

जसमा सागको पहिलो संस्करणका स्वर्ण विजेता एथलेटिक्सका खेलाडी बैकुण्ठ मानन्धरदेखि तेक्वान्दोमा लगातार चार स्वर्ण जित्दै कीर्तिमानी बनाउन सफल दिपक विष्ट, लगातर दुई स्वर्ण जितेका करातेका खेलाडी दिपक श्रेष्ठ, तेक्वान्दोकी खेलाडी संगीना बैध र फुटबलका राजुकाजी शाक्यसम्म छन् ।

यी पाँच खेलाडीको नाम उनीहरुको विधा वा खेलमा मात्रै चर्चा हुने नाम होइन । नेपाली खेलकुदको साग इतिहासमा सबैभन्दा सफल शीर्ष ५ व्यक्ति हुन् ।

मंसिर १५–२४ हुन गइरहेको सागमा यी ५ जना खेलाडी कुनै न कुनै भूमिकामा सहभागी छन् । अधिकाशं प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाली खेलकुदका ‘रोल मोडल’

बैकुण्ठ मानन्धर (एथलेटिक्स)
लामो दुरीका धावक बैकुण्ठ मानन्धरको नाम नेपाली समाजमा नसुन्ने सायद कमै होलान् । उनको सफलता धेरै खेलाडीका लागि उदाहरणीय र लोभलाग्दो नै छ । मानन्धर यस्ता खेलाडी हुन जसले सागको शुरुका तीन संस्करणमा नेपाललाई स्वर्ण दिलाए ।

सन् १९८४ मा शुरु भएको सागमा उनले नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसको अर्को बर्ष बंगलादेशमा भएको सागमा पनि उनले नेपाललाई स्वर्ण दिलाए ।

तेस्रो स्वर्ण मानन्धरले कोलकत्तामा सन् १९८७ मा भएको सागमा जितेका थिए । उनले त्यतिबेला स्वर्ण जित्दा ‘म्याराथन’ २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पुरा गर्दै सागमा कीर्तिमान बनाएका थिए । जुन अहिलेसम्म कुनै पनि खेलाडीले तोड्न सकेको छैन ।

मानन्धरले चौथो संस्करणको इस्लामावादमा भएको सागमा कास्य पनि जितेका थिए । योसँगै उनले सागमा ३ स्वर्णसहित ४ पदक जितेका छन् । मानन्धरले ३२ बर्ष अगाडि बनाएको ‘म्याराथन’को कीर्तिमानी अहिलेसम्म पनि कसैले तोड्न सकेको छैन् ।

काठमाडौंमा १३ औं संस्करणको साग हुँदैछ । त्यसमा कुनै खेलाडीले २ घण्टा १५ मिनेट भन्दा कम समयमा म्याराथन पुरा गरेछ भने त्यो नयाँ बन्नेछ ।

 

दिपक बिष्ट (तेक्वान्दो)
नेपाली खेलकुदमा बैकुण्ठपछिको पुस्तामा सफल खेलाडीको सूचीमा शीर्ष स्थानमा नाम आउने खेलाडी हुन्, तेक्वान्दोका दिपक बिष्ट ।

नेपालबाट साग इतिहासमा लगातार चार स्वर्ण जितेका बिष्टको कीर्तिमानी अहिलेपनि कसैले तोड्न सकेको छैन् ।

काठमाडौंमा भएको सन् १९९९ को आठौं सागमा पहिलो पटक तेक्वान्दोबाट सागमा सहभागी भएका बिष्टले पहिलो उपपिस्थतीमै स्वर्ण जितेका थिए ।

नवौं, दशौं र एघारौं सागमा लगातार स्वर्ण जितेका बिष्टले सन् २०१० मा भएको ढाका साग चौथो स्वर्ण जितेसँगै तेक्वान्दोको खेलाडी जीवनबाट टाढिएका थिए ।

कीर्तिमानी खेलाडी बिष्ट अहिले तेक्वान्दोमा प्रशिक्षकको जिम्मेवारीमा छन्। १३ औं सागमा नेपाललाई स्वर्ण जिताउने अभियानमा लागेका बिष्ट अहिले टोलीको वैदेशिक प्रशिक्षणमा व्यस्त छन् ।

 

राजुकाजी शाक्य (फुटबल)
नेपाली फुटबलका सफल खेलाडी हुन्, राजुकाजी शाक्य । उनले सागमा सबैगरि ५ पदक जितेका छन् । जसमा उनले पहिलो साग र सन् १९९३ को सागमा स्वर्ण जितेका थिए ।

शाक्यले सन् १९९३ को स्वर्ण जित्दा आफ्नै नेतृत्वमा टोलीलाई विजेता बनाएका थिए । यस्तै, नेपाली फुटबल टोलीले १९८७ र १९९९ मा रजत जित्दा पनि शाक्य टोलीका महत्वपूर्ण खेलाडी थिए ।

दोस्रो संस्करणको सागमा शाक्य सम्मिलित नेपाली फुटबल टोलीले कास्य पदक हात पारेको थियो । साग इतिहासमा शाक्यले खेलाडी भएर १९८४ मा स्वर्ण जितेका थिए भने कप्तानको भूमिकामा १९९३ मा स्वर्ण जिते । २०१६ को सागमा उनी प्रशिक्षक हुँदा नेपालले स्वर्ण जितेको थियो ।

खेलाडी, कप्तान र प्रशिक्षक गरी फरक–फरक भूमिकामा स्वर्ण जित्ने कमै खेलाडीमा शाक्य पर्दछन् । तर, अहिलेको सागमा उनी पूर्व खेलाडी तथा प्रशिक्षकको भूमिकामा सागमा सहभागी हुनेछन् ।

संगीना बैद्य (तेक्वान्दो)
नेपाली महिला खेलाडीमध्ये संगीना बैद्य पनि सफल खेलाडी हुन् । उनको सफलता बाटै पनि महिला खेलाडीहरु प्रेरणा लिने गर्छन् ।

बैद्यले सन् १९९९ मा काठमाडौंमा भएको सागमा नेपालका लागि स्वर्ण दिलाएकी थिइन् । त्यतिमात्रै होइन बैद्यले नवौं संस्करणको सागमा पनि तेक्वान्दोबाट स्वर्ण जितेकी थिइन् ।

लगातार दुई स्वर्ण जितेकी बैद्य दशौं संस्करणमा ह्याट्रिक गर्नबाट चुकेकी थिइन । दशौं सागमा उनी स्वर्णमा ह्याट्रिक गर्न चुकेपनि कास्य भने हात पारेकि थिइन् ।

सागमा तीन स्वर्ण जितेकी बैद्य पछिल्लो समय तेक्वान्दोको प्रशिक्षकको भूमिकामा छिन् । बैद्य पनि यतिबेला तेक्वान्दो टोलीको बैदेशिक प्रशिक्षणमा रहेकी छन् ।

दिपक श्रेष्ठ (कराते)
नेपाली खेलकुदका अर्का एक ‘रोल मोडल’ मध्येका हुन् कराते खेलाडी दिपक श्रेष्ठ । दक्षिण एसियाली खेलकुदका सफल खेलाडी मध्येको सूचिमा अटाउने उनले सागमा दुई स्वर्ण जितेका छन् ।

उनले काठमाडौंमा भएको आठौं सागमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । पाकिस्तानमा भएको नवौं सागमा दोस्रो स्वर्ण हात पारेका थिए । लगातार दुई स्वर्ण जितेका उनी दशौं सागमा पहिलो चरणबाटै आउट भएपछि करातेबाट टाढिएका थिए ।

अहिले श्रेष्ठ प्रशिक्षकको भूमिमा छन् । ह्याट्रिक गर्न चुकेपछि श्रेष्ठ लगातार नेपाली खेलकुदको विकासमा लागि रहेका छन् । काठमाडौंमा हुन लागेको सागमा उनी करातेले सन्तोषजनक नतिजा ल्याउने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ३ : ४४ बजे

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको