प्रदीपसँग फिल्म जुध्ने चर्चा चलेपछि पूजाले गरिन् खण्डन « Khabarhub

प्रदीपसँग फिल्म जुध्ने चर्चा चलेपछि पूजाले गरिन् खण्डन


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अनलाइन समाचार पोर्टलमा ब्रेकिङ न्यूज भन्दै नायिका पूजा शर्मा र आकाश श्रेष्ठको जोडी बाँधिने गरी ‘मन परेसी पर्‍यो पर्‍यो’ फिल्म निर्माण हुने र सो फिल्म चैत्र २८ मा रिलिज हुने खबर आएपछि नायिका पूजा शर्माले यो समाचारमा सत्यता नभएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै पूजाले आफ्नो एट्याचमेन्ट जोडिएको फिल्मसँग आफू कहिल्यै नजुध्ने समेत बताएकी छिन् ।

‘जीवनमा आरु फिल्मसँग जुध्न सक्छु होला तर मेरो आफ्नो प्रोजेक्ट, मेरो एउटा एट्याचमेन्ट भएको फिल्म हो त्यो,’ उनले भनेकी छिन्, ‘न मैले उक्त फिल्म साइन गरेकी छु, न ओके भनेकी छु, कृपया पहिले मलाई सोध्नुस् ।’

पूजाले फिल्मप्रति भन्दा पनि फिल्मको रिलिज मितिलाई लिएर यस्तो धारणा राखेको हुनसक्ने चर्चा चलेको छ । पूजा शर्मा र प्रदीप खड्का दुवैले फिल्म ‘प्रेम गीत’ मा अभिनय गरेका थिए । यी दुवैका लागि यो करिअरकै महत्त्वपूर्ण फिल्म थियो ।

पछिल्लो समय पूजा र प्रदीपले एकसाथ काम गरेका छैनन् । तर, पूजाले आफू ‘प्रेम गीत’ सिरिजसँग कहिले पनि जुध्न नचाहेको प्रतिक्रिया दिएकी छिन् ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्ने फिल्म ‘प्रेम गीत ३’ को यतिबेला चर्चा छ । फिल्मका लागि भनेर निर्माण टिमले यतिबेला सेट तयार पारिरहेको छ । यो फिल्म नयाँ वर्ष पारेर चैत २८ मा प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ४२ बजे

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी अगाडि; एम्बाप्पे, हालान्ड र केनले अझै मानेका छैनन् हार

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन