नक्कली प्रहरी बनेर फिरौती माग्ने चार जना पक्राउ « Khabarhub

नक्कली प्रहरी बनेर फिरौती माग्ने चार जना पक्राउ


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ ।

राति गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै रु एक लाख नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  २ : ०४ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्