ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको अमेरिकी कूटनीतिज्ञको बयान « Khabarhub

ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको अमेरिकी कूटनीतिज्ञको बयान


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनअनुसार नै डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आफूले दबाव दिएको बताएका छन् ।

उनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा त्यस्तो बयान दिएको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले त्यस्तो आदेश ट्रम्पका निजी वकिल रुडी जुलिआनीबाट आएको बताए ।

जाँचबुझसम्बन्धी सुनुवाइले राजनीतिक लाभका लागि ट्रम्पले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध छानबिन गर्न युक्रेनलाई दबाव दिएको कुरा पुष्टि गर्न चाहेको छ ।

ट्रम्पमाथि त्यो दबाव दिन युक्रेनलाई दिइने सैन्य सहायता रोकेको आरोप छ । तर ट्रम्पले त्यो अस्वीकार गर्दै आएका छन् । अमेरिकामा चुनावी लाभका निम्ति विदेशी सहायता खोज्नु गैरकानुनी मानिन्छ । बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वानमा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार हुन्।

तर राजदूत सन्डलन्डले युक्रेनबाट पाउने सहयोगको बदलामा सैन्य सहायता फुकाउने कुरा आफूले ट्रम्पबाट सीधै नसुनेको पनि बताएका छन् ।

ह्वाइट हाउसले उनको बयानबाट राष्ट्रपतिले पूर्ण रूपमा सफाइ पाएको दाबी गरेको छ । तर डेमोक्र्याटहरूले राजदूतको बयानलाई महत्त्वपूर्ण र चिन्ताजनक भनेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  २ : १४ बजे

कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध हुन्छ : वरिष्ठ नेता पौडेल

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन

प्रधानमन्त्री प्रचण्डसँग मेयर बालेनको भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख

दूतावास नभएका देशमा घुम्ती टोली खटाउछौँ : परराष्ट्र मन्त्री पौडेल

लण्डन – पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकामा सुरु

न्युयोर्क – विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको

तोरीको तेलका फाइदै फाइदा

घरेलु उपचारमा तोरीको तेललाई सबैभन्दा महत्त्व दिइन्छ। तोरीको तेलका विभिन्न