ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको अमेरिकी कूटनीतिज्ञको बयान « Khabarhub

ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको अमेरिकी कूटनीतिज्ञको बयान


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनअनुसार नै डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आफूले दबाव दिएको बताएका छन् ।

उनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा त्यस्तो बयान दिएको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले त्यस्तो आदेश ट्रम्पका निजी वकिल रुडी जुलिआनीबाट आएको बताए ।

जाँचबुझसम्बन्धी सुनुवाइले राजनीतिक लाभका लागि ट्रम्पले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध छानबिन गर्न युक्रेनलाई दबाव दिएको कुरा पुष्टि गर्न चाहेको छ ।

ट्रम्पमाथि त्यो दबाव दिन युक्रेनलाई दिइने सैन्य सहायता रोकेको आरोप छ । तर ट्रम्पले त्यो अस्वीकार गर्दै आएका छन् । अमेरिकामा चुनावी लाभका निम्ति विदेशी सहायता खोज्नु गैरकानुनी मानिन्छ । बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वानमा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार हुन्।

तर राजदूत सन्डलन्डले युक्रेनबाट पाउने सहयोगको बदलामा सैन्य सहायता फुकाउने कुरा आफूले ट्रम्पबाट सीधै नसुनेको पनि बताएका छन् ।

ह्वाइट हाउसले उनको बयानबाट राष्ट्रपतिले पूर्ण रूपमा सफाइ पाएको दाबी गरेको छ । तर डेमोक्र्याटहरूले राजदूतको बयानलाई महत्त्वपूर्ण र चिन्ताजनक भनेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  २ : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४