प्रतिफल देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

प्रतिफल देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘काम गरे नसकिने होइन, प्रतिफल देखिनेगरी गर्नुस् । मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा प्रष्ट कार्ययोजना ल्याउनु होला ।’

उनले कार्यायोजनाअनुरुप काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुने बताए । सरकारको चौमासिक समीक्षा बैठक चार महिनामा बस्दै आएको छ।

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि पहिलो पटक सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको हो । बैठकमा सरकारले लिएको नीति तथा कार्यक्रमबारे नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले ओलीले निर्देशन दिए ।

उनले काठमाडौंका खाल्डा चार महिनाभित्र पुरिसक्न समेत निर्देशन दिएका छन् । पुर्नगठित मन्त्रिपरिषद्का सदस्यहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सुझाए । उनले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने जनाएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : १९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६