चक्रपथ र सुरुङ निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गरिने « Khabarhub

चक्रपथ र सुरुङ निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गरिने


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माण गर्न तथा वीरेन्द्रनगर–तेलपानी–भूरीगाउँ सडकखण्डमा सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को १४औँ र १५औँ बैठकका निर्णय आज सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले सरकारले गरेको कामको जानकारी दिएकी हुन् ।

बैठकले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम सञ्चालन कार्यविधि, श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०७५ (तेस्रो संशोधन), कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन), मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तथा कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन् ।

पाँच थप सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारले दिने सार्वजनिक बिदाका अतिरिक्त पाँच सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले साउन १ गते साउने सक्रान्ति, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे संक्रान्ति, देउडा पर्व तथा भोट ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको छ । “प्रदेश सरकारले चालू आवदेखि ती बिदा दिने निर्णय गरेको छ”, प्रवक्ता केसीले भनिन् ।

भेरी बबई डाईभर्सनको हिस्सा खोज्दै

कर्णाली प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको हिस्सा पाउनुपर्ने माग गरेको छ । भेरी बबई डाईभर्सन बहुद्देश्यीय आयोजनाको बाँधको दायाँ किनाराबाट थप जल विद्युत् उत्पादन गर्ने उद्देश्य कर्णाली सरकारको छ ।

विद्युत् उत्पादन कार्यको सम्भाव्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाट नै तयार गरी कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन सङ्घीय सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको प्रवक्ता केसीले बताइन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ४९ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको