चक्रपथ र सुरुङ निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गरिने | Khabarhub Khabarhub

चक्रपथ र सुरुङ निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गरिने


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माण गर्न तथा वीरेन्द्रनगर–तेलपानी–भूरीगाउँ सडकखण्डमा सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को १४औँ र १५औँ बैठकका निर्णय आज सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले सरकारले गरेको कामको जानकारी दिएकी हुन् ।

बैठकले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम सञ्चालन कार्यविधि, श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०७५ (तेस्रो संशोधन), कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन), मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तथा कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन् ।

पाँच थप सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारले दिने सार्वजनिक बिदाका अतिरिक्त पाँच सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले साउन १ गते साउने सक्रान्ति, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे संक्रान्ति, देउडा पर्व तथा भोट ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको छ । “प्रदेश सरकारले चालू आवदेखि ती बिदा दिने निर्णय गरेको छ”, प्रवक्ता केसीले भनिन् ।

भेरी बबई डाईभर्सनको हिस्सा खोज्दै

कर्णाली प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको हिस्सा पाउनुपर्ने माग गरेको छ । भेरी बबई डाईभर्सन बहुद्देश्यीय आयोजनाको बाँधको दायाँ किनाराबाट थप जल विद्युत् उत्पादन गर्ने उद्देश्य कर्णाली सरकारको छ ।

विद्युत् उत्पादन कार्यको सम्भाव्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाट नै तयार गरी कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन सङ्घीय सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको प्रवक्ता केसीले बताइन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ४९ बजे

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको