मन्त्रीबाट हटेपनि इमान्दरीपूर्वक काम गर्छुः बुढा « Khabarhub

मन्त्रीबाट हटेपनि इमान्दरीपूर्वक काम गर्छुः बुढा


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धन बहादुर बुढाले आफ्नो क्षमाताले भ्याएसम्म समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई पूरा गर्न लागिपरेको बताएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन भएसंगै बाहिरिएका राज्यमन्त्री बुढाले आगामि दिनमा पनि इमान्दार र कर्तव्यनिष्ठ रहेर काम गर्ने बताएका छन् ।

प्रेस विज्ञप्ती जारी गर्दै राज्यमन्त्री बुढाले आफू जुनसुकै स्थान र भूमिकामा रहे पनि पार्टी र सरकारले दिने जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्ने उल्लेख गरे ।

२०७० सालको दोश्रो संविधानसभा र २०७४ को चुनावमा डोल्पाबाट निर्वाचित भएका बुढा २०७४ साल चैत्र ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री नियुक्त भएका थिए ।

२१ महिना राज्यमन्त्री बनेका बुढाले सो समयमा पदीय जिम्मेवारी इमान्दारीताका साथ निभाएकाे बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ५ : ३० बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा