मन्त्रीबाट हटेपनि इमान्दरीपूर्वक काम गर्छुः बुढा « Khabarhub

मन्त्रीबाट हटेपनि इमान्दरीपूर्वक काम गर्छुः बुढा


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धन बहादुर बुढाले आफ्नो क्षमाताले भ्याएसम्म समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई पूरा गर्न लागिपरेको बताएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन भएसंगै बाहिरिएका राज्यमन्त्री बुढाले आगामि दिनमा पनि इमान्दार र कर्तव्यनिष्ठ रहेर काम गर्ने बताएका छन् ।

प्रेस विज्ञप्ती जारी गर्दै राज्यमन्त्री बुढाले आफू जुनसुकै स्थान र भूमिकामा रहे पनि पार्टी र सरकारले दिने जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्ने उल्लेख गरे ।

२०७० सालको दोश्रो संविधानसभा र २०७४ को चुनावमा डोल्पाबाट निर्वाचित भएका बुढा २०७४ साल चैत्र ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री नियुक्त भएका थिए ।

२१ महिना राज्यमन्त्री बनेका बुढाले सो समयमा पदीय जिम्मेवारी इमान्दारीताका साथ निभाएकाे बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ५ : ३० बजे

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा