आजको मौसम : हिमपात हुने र पानी पर्ने सम्भावना « Khabarhub

आजको मौसम : हिमपात हुने र पानी पर्ने सम्भावना


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायूको प्रभाव जारी रहँदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी/हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । हिउँदको पानी र हिमपातका कारण चिसो बढ्ने महाशाखाको अनुमान छ ।

तीन दिनको मौसम पूर्वानुमान
पुस ५ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडि भु-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ६ गते (आइतबार)
दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पुस ७ गते (सोमबार)
दिउँसो:  देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : १४ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा