जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।

शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताए । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ । दोषीलाई कडाभन्दा कडा कारवाही हुनु पर्दछ अनि मात्र सुधार हुने महिला अधिकारकर्मी बबिता जसवालले बताइन ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ५२ बजे

बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय

आईसीसी महिला टी–२० : थाइल्याण्डसँग नेपाल सुपर–थ्रीमा पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्रीको दोस्रो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ

युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा

काठमाडौं– नेपालस्थित युरोपेली सङ्घ (इयु)को प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका राजदूत र

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन्