मिस अमेरिका २०२० को ताज २४ वर्षे वैज्ञानिक क्यामिलीलाई « Khabarhub

मिस अमेरिका २०२० को ताज २४ वर्षे वैज्ञानिक क्यामिलीलाई


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मिस अमेरिका–२०२०को उपाधी भर्जिनियाकी वैज्ञानिक २४ वर्षिया क्यामिली शियरले जितेकी छन् ।

अमेरिकाको मोहेगन सन एरिना, मोन्टभिल सिटीमा बिहीबार राती अबेर सकिएको प्रतियोगितामा उनले उपाधी जितेकी हुन । प्रतियोगिता जित्न उनले स्वीमस्युट लगाउनु परेन। एनले ५० जना आफना प्रतिस्पर्धीलाई पछि पादै उपाधी जितेकी हुन ।

उनले एक वर्ष अघि भर्जिनियाको टेकबाट बायोकेमिस्ट्री र प्रणाली जीवविज्ञानमा डिग्री सकेकी थिइन । अहिले उनी भर्जिनियाकै औषधी विज्ञानको अध्ययन गरिरहेकी छिन् । गाउन वान पिस ड्रेसमा चुनिदै आएको सुन्दरी प्रतियोगिता यस पटक विज्ञान प्रयोगशालाको कोट पहिरिएकी सुन्दरीले जितिन ।

उनले मिस अमेरिकाको स्टेजमा ल्याबकोट लगाएर हाइड्रोजन पेराक्साइडको उत्प्रेरक अपघटनको प्रदर्शनले दर्शक तथा निर्णायकहरु ध्यान खिच्दै मिस अमेरिकाको ताज पहिरिन सफल भइन ।

दर्शकलाई विज्ञानको बारेमा स्टेजमा बुझाउदै उनले फरक प्रस्तुतीका साथ सबैको वाही वाही पाइन । यस पटकको मिस अमेरिका यीनै वैज्ञानिकका कारण अहिले सम्मकै भिन्न भएको सहभागीहरुले बताएका छन् ।

९९ औ संस्करणको यो प्रतियोगितामामा उनले ५० हजार डलर बराबरको छात्रवृत्ति तथा मिस अमेरिकामा काम गर्ने अवसर समेत पाएकिछन् । ग्ल्यामर रेट कार्पेटमा शुरु भएको मिस अमेरिका प्रयोगशालाको सेतो कोट लगाएकी सुन्दरीको ताज सँगै सकिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ३२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६