शिक्षक अभावले पठनपाठनमा कठिनाइ « Khabarhub

शिक्षक अभावले पठनपाठनमा कठिनाइ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका निमावि र मावि दरबन्दी अभाव हुने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् । प्राविमा शिक्षक दरबन्दी बढी रहेको भनेर अन्यत्र शिक्षक पठाउँदा निमावि र माविमा शिक्षण कार्य प्रभावित हुने शिक्षकको दाबी छ ।

सामुदायिक विद्यालय शौक्षिक सञ्जाल, पाल्पाद्वारा आयोजित राष्ट्रिय शिक्षा नीति र शिक्षक दरबन्दी मिलानसम्बन्धी अन्तरक्रियामा प्रदेश नम्बर ५ का सांसद पुरनमान बज्रचार्य र वीरबहादुर रानाले सामुदायिक विद्यालयका हितमा शिक्षक दबरन्दी हुनुपर्ने बताए ।

शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गति अन्त्यका लागि सामुदायिक विद्यालयका शिक्षक लाग्नुपर्ने देखिएको छ । शिक्षा तालिम केन्द्र पाल्पाका प्रशिक्षक गोपालप्रसाद बस्यालले शिक्षा नीतिले निजी विद्यालयलाई सुरक्षा प्रदान गरेको गुनासो गरे ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ९ : २२ बजे

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका