वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा  « Khabarhub

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष निकालेको छ । 

राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले रास्वपालाई झण्डै दुई तिहाईको जनमत दिँदापनि सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन र उल्टै जनतामा चरम निराशा थुपार्ने काम गरेको आजपाको ठहर छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निश्कर्ष साझा गरेको हो । 

आजपाको तर्फबाट प्रवक्ता सुभाषप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निश्कर्ष सुनाएका हुन् । 

बिकास बजेट जम्मा ४६ प्रतिशत खर्च र राजस्व संकलन जम्मा ८४ प्रतिशत, भएको, वैदेशिक अनुदान सहायता ५८ प्रतिशतमात्र प्राप्त भएको तथा ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढी थपिएको अर्थात् वित्तीय कार्यसम्पादनको हिसाबले यो वर्ष इतिहासकै अहिलेसम्मको सबैभन्दा खराब वर्ष साबित भएको आजपाको दाबी छ ।

शक्तिशाली सरकार बन्दापनि बजार अनियन्त्रित बनेको र राज्यको लुटकारी चरित्र अझै उदांगो बनेको, उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेको र भान्सा महँगो बन्दा जनजीवन नै कठिन बनेको आजपाको निश्कर्ष छ । 

विधि मासेर बलपूर्वक शासन गर्ने शैलीको कारण वर्तमान सरकार बदनाम बनेको पनि उसको ठहर छ । २०८१ सालको फागुनदेखि नै नेपाल ग्रे–लिष्टमा रहेकोमा अहिले उक्त लिष्टबाट हट्नुको साटो उल्टै ब्ल्याक लिष्टमा पर्ने जोखिम बढेको छ । 

नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा वर्तमान सरकार पूर्ण रुपमा असफल हुँदा नेपाल एफएटिएफको ब्ल्याकलिष्टमा पर्न लागेको आजपाको ठम्याई छ ।

सरकारले अर्थतन्त्रमा ठोस नीतिगत सुधार गर्नुको साटो उल्टै समस्या थुपार्ने काम गरेको आजपाको आरोप छ । सुशासनमार्फत उच्च व्यावसायिक आत्मविश्वास जगाउनुको साटो उच्चपदस्थ कर्मचारीलाई बिनाकारण नियन्त्रणमा लिने, संवैधानिक पदाधिकारीलाई डर र त्रासमा राखने तथा निजी क्षेत्रमाथि धरपकड गरिनुले मुलुकको अर्थतन्त्र धर्मराएको आजपाले जनाएको छ ।

वर्तमान सरकार बनेपछि लगानीको वातावरण बन्छ भनेर गरिएको आशा निराशामा परिणत भएको आजपाको ठहर छ । सरकारले विकास कुटनीतिको दुहाई दिएपनि वैदेशिक सम्बन्धमा गतिशिलता दिनुको सट्टा गतिरोधको अवस्था सिर्जना गरेको निश्कर्ष आजपाले निकालेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ५ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको