कविता- ए मित्र « Khabarhub

कविता- ए मित्र



ए मित्र तिमी त मेरो साथी हौ
सँगै अघि बढ्ने सहयात्री हाै ।

मेराे मनमा तिम्राे लागि अथाह प्रेम छ
त्यसैले त आजसम्म मेराे माया र साथ पाएको छाै

मेराे घरकाे हर काेठामा निसङ्काेच भित्र आएकाे छाै
काेशी कर्णाली मेरा लैनाे भैंसी, आफैंले दाेहेर खाएकाे छाै

सगरमाथा मेराे छानाे, शीतल छहारी त पाएकाे छाै
तराईका मेरा फाँटहरुमा खेल्दै तिमी रमाएकाे छाै

मित्र सम्झी तिमीलाई स्वतन्त्रता दिंदा पनि,
बैरि बनी आज मेराे सिमानामा आँखा लाएकाे छाै ?

मेराे प्रेमलाई कमजोरी नसम्झ मित्र
हाे, बुद्धकाे बुद्धत्व र शान्ति छ म भित्र

तर

मेराे आमाकाे छातीमा कुल्चिनु अघि
इतिहासलाई पल्टाई हेर एक फेर।।

तिमीमाथि राज गर्नेलाई परास्त गर्ने हुँ म
आफ्नाे भूमि बचाउन खुसिसाथ बलिदानी गर्ने हुँ म ।।

बहादुर शाहकाे बहादुरी र बलभद्र कुँवरकाे बल छ म सँग
कालू पाण्डेकाे कर्म र भक्ति थापाकाे देशभक्ति छ म सँग ।।

त्यसैले मित्र,

गल्ती सुधार गर आउ अघि बढाैं साथसाथ
प्रगतिकाे मार्गमा राखी हातमाथि हात

तर मेराे कुरालाई बेवास्ता गरि यदि गर्याै भने घात
गाेर्खालीकाे खुकुरीले छुट्टिनेछ तिम्राे शरीरबाट माथ ।।

तिम्राे देशकाे समेत रक्षा गरिदिने गाेर्खाली हुँ म ।
संसारसँग कहिल्यै नहारेकाे नेपाली हुँ म ।।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : ४२ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई