पीपीएलमा टस जितेको काठमाडौं व्याटिङ गर्दै « Khabarhub

पीपीएलमा टस जितेको काठमाडौं व्याटिङ गर्दै


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा अहिले काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा विराटनगरविरुद्ध काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्दैछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।

पहिलो खेलमा पोखरा पल्टनसँग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित बनेको थियो । तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।

काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर समेत दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउन चाहन्छ । धनगढीसँग पहिलो खेल गुमाएपनि साविक विजेता पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।

विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ५८ बजे

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख