वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन् « Khabarhub

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहुँदा कर्मचारीले कात्तिक र मंसिरको तलब पाउन नसकेका हुन् ।

रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताए ।

उनका अनुसार सर्शत अनुदानअन्तर्गत तलब पाउनेमा विद्यालयका शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, आयुर्वेद औषालयका कर्मचारीलगायत छन् ।

‘वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्’, उनले भने, ‘विद्यालयको विभिन्न शीर्षकको अनुदान र स्वास्थ्य शाखाअन्तर्गतका कार्यक्रमसमेत प्रभावित भएका छन् ।’ जिल्लाका विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यतर्फका कर्मचारीले तलब पाएका छैनन् ।

योजना प्रभावकारी बनाउन पदाधिकारीलाई तालिम

योजनालाई पारदर्शीरूपमा सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिका लागि योजना सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

योजनालाई प्रभावकारी बनाउनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीका लागि तालिम सञ्चालन गरेको हो ।

तालिममा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन प्रक्रिया, योजना कार्यान्वयन, सम्झौता, फरफारकका लागि आवश्यक कागजातको व्यवस्था गर्ने, योजनाको आपनत्वसम्बन्धी कुरा सिकाइन थालेको नगरपालिकाका लेखापाल जोशीले बताए ।

तालिमको व्यवस्था नहुँदा उपभोक्ता समितिका पदाधिकारी योजनाको किताबमात्रै ल्याएर आउन थालेपछि योजना फरफारक गर्न निकै कठिन हुन थाल्यो उनले बताए ।

तालिमपश्चात योजना कार्यान्वयनसँगै लेखा राख्न र योजना निर्माणको कार्य पूरा भएपछि रकम भुक्तानी गर्न सजिलो हुने उनले बताए ।

योजना कार्यान्वयनसँगै पदाधिकारीलाई सम्झौताका प्रक्रिया, प्राविधिक लागत अनुमान, योजना फछ्र्यौट र प्रशासनिककार्यबारे जानकारी दिइन थालेको छ । चार/चार वडाका पदाधिकारीलाई तीन समूहमा बाँडेर तालिम दिन थालिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १२ : ४८ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य