हनुमानलाई सिन्दुर अर्पण गर्दा सबै कष्ट नास « Khabarhub

हनुमानलाई सिन्दुर अर्पण गर्दा सबै कष्ट नास


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धार्मिकशास्त्र अनुसार जीवनमा आउने सारा कष्ट र संकट निवारणका लागी हनुमानको आरधना गर्नुपर्ने उल्लेख छ । जीवन कल्याण र दुखः नाश गर्न हनुमानको आरधनालाई महत्वपुर्ण मानिन्छ ।

शनिवार र मंगलवार मात्र एक कार्य गरेमा हनुमानको आशीर्वाद पाउने गरिन्छ । बजरंगबली हनुमानलाई सिन्दुर अति प्रिय छ ।

त्यसैले हनुमानलाई प्रसन्न गर्ने सबैभन्दा उत्तम उपाय हो, हनुमानलाई सिन्दूर चढाउनु । त्यसैले हनुमानलाई सिन्दूर अर्पण गरी सिन्दुरकै लेप लगाउनु अत्यन्त शुभ मानिन्छ ।

धार्मिक मान्यतामा सिन्दूरको महत्व

हिन्दू धर्ममा सिम्रिक रंगको सिन्दूरलाई अत्यधिक महत्वका साथ हेरिन्छ । सिन्दूरको प्रयोगले दाम्पत्य जीवनको शुरुवात गर्ने वा विवाहपछि पनि सौभाग्य बनाइ राख्ने विश्वास गरिन्छ।

महिलाले यसलाई सौभाग्य प्रतिकका रुपमा श्रृंगारमा प्रयोग गर्दछन् । साथै मंगल ग्रहसंग सिन्दुरको बिषय जोडिएको छ । त्यसैले सिन्दुरलाई मंगलकारी मानिन्छ ।

पौराणिक कथा अनुसार रामायणमा सीताले आफ्नो शिरमा सिन्दुर धारण गरेको देखेपछि हनुमानले सिन्दूर लगाउनुको कारणबारे सोधेका थिए ।

जहाँ जनक पुत्रि सिताले सिन्दुरको धारण गर्नाले प्रभु श्रीराम प्रसन्न हुने बताएकी थिइन् । त्यसपछि प्रभु श्रीराम भक्त हनुमानले आफ्नो पुरै शरीरमा सिन्दुरको लेप धारण गरेका थिए । मान्यता अनुसार सोहि बेलाबाट हनुमानलाई सिन्दुर अति प्रिय मानिन्छ ।

हनुमानलाई सिन्दूर चढाउने नियम

यदि तपाई लामो समयबाट कुनै तनाव वा समस्यामा हुनुहुन्छ भने हरेक शनिवार र मंगलवारको दिन नुहाएर हनुमानको स्मरण गर्दै सफा वस्त्र धारण गर्ने । त्यसपछि हनुमानको प्रतिमालाई गंगाजलले स्नान गराउने ।

त्यसपछि हनुमानको मुर्ति वा चित्रको सामु सिन्दूर अर्पण गर्ने । यसो गर्नाले मानिसका सारा दुखः, कष्ट तथा तनावहरु हटेर जाने धार्मिक मान्यता छ । हनुमानजीलाई प्रसन्न गराउन सिन्दुर अर्पण गर्नुका साथै सिन्दुर कै लेप लगाउने गर्नुपर्दछ ।

यदि मंगलले बाधा दिएको छ वा कुनै संकट बारम्बार आइरहेको छ भने चमेलीको तेल र सिन्दूर अर्पण गर्नुपर्दछ । पुरुषले हनुमानलाई सिन्दूर अर्पण गर्न सक्छन् तर मान्यता अनुसार महिलाले हनुमानलाई सिन्दूर अर्पण गर्नु हुदैन ।

यदि पटकपटक जागिरबाट हात धुनु परेको छ वा जागिरमा समस्या आइरहेको छ भने मंगलवारको दिन हनुमानको प्रतिमाको चरणमा सिन्दूर दान गर्नुपर्दछ ।

त्यसपछि सेतो कपडा वा कागजमा सोहि सिन्दुरलाई हनुमान प्रतिमाको सामु स्वस्तिकको चिन्ह बनाएर हनुमानको आरधना गर्नुपर्दछ । यसो गर्ने मानवको सबै समस्या हट्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ३१ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’