दाङमा १२० सवारी दुर्घटनामा ३६ को मृत्यु « Khabarhub

दाङमा १२० सवारी दुर्घटनामा ३६ को मृत्यु


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।

साथै दुर्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर घाइते भएका छन् भने ३५ पुरुष, २३ महिला, पाँच बालक, १४ बालिका गरेर ७७ व्यक्ति भने सामान्य घाइते भएको रेग्मीले बताए ।

ट्राफिक प्रमुख रेग्मीका अनुसार चालकको लापरवाही, ओभरटेक, तीव्रगति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, छाडा पशुचौपाया, सडकको अवस्था खराबलगायतका कारण दुर्घटना हुने गरेको छ ।

ट्राफिक प्रमुख रेग्मीका अनुसार साउनमा ट्रक/टिपर चार, बस चार, जिप/कार चार, ट्र्याक्टर एक, मोटरसाइकल १३ तथा अन्य गरी २७ सवारी दुर्घटना भएको थियो । भदौमा ट्रक तीन, टिपर एक, बस तीन, जीप/कार दुई, ट्र्याक्टर दुई, टेम्पो तीन, मोटरसाइकल १५ गरेर जम्मा २९ सवारी दुर्घटना भयो ।

असोजमा ट्रक एउटा, टिपर एक, बस दुई, माइक्रो एक, जिप/कार दुई, टेम्पो तीन, मोटरसाइकल १३ गरी २३ दुर्घटना भएका छन् ।

कात्तिकमा ट्रक एउटा, बस तीन, माइक्रो एउटा, जिप एक, कार दुई, ट्र्याक्टर तीन, टेम्पो चार र मोटरसाइकल ११ तथा अन्य दुई गरी २७ दुर्घटनामा परेको रेग्मीले बताए । मंसिरमा टिपर दुई, बस तीन, ट्र्याक्टर दुई, मोटरसाइकल सात गरेर १४ दुर्घटनामा परेका थिए ।

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार साउन महिनामा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा २४, मंसिरमा २६, पुसमा १५, माघमा २८ फागुनमा २१, चैत्रमा २०, वैशाखमा १५, जेठमा १५ र असारमा १५ गरेर जम्मा १५१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गएको वर्ष छ बालकको मृत्यु भएको थियो भने ३५ घाइते भएका थिए । त्यस्तै बालिका दुईको मृत्यु भयो भने १५ घाइते भएका थिए । यस्तै ७५ पुरुषको मृत्यु भएको थियो भने २४७ घाइते भएका थिए । सवारी दुर्घटनामा १९ महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ३५ बजे

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ