सडकमा जमेको हिउँ हटाई सवारी सञ्चालन | Khabarhub Khabarhub

सडकमा जमेको हिउँ हटाई सवारी सञ्चालन


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ–लगातार भईरहेको हिमपातका कारण मनाङमा सवारी आवागमन ठप्प भई जनजिवन कष्टकर बन्दै गएपछि सडकमा जमेको हिउँ हटाई सवारी तथा पैदल यात्रुहरुको लागि आवागमन सहज बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङको प्रहरी टोलिले जिल्लाको चामे गाउँपालिका वडा नं. १ तिमाङ देखि वडा नं. ३ कोतो सम्म विभिन्न स्थानमा सडकमा जमेको हिउँ हटाई सवारी तथा पैदल यात्रुहरुको लागि आवागमन सहज बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी प्रमुख लगायतका अन्य सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागितामा प्रहरीले हिउँ हटाई सवारी साधनहरु बेशीशहरबाट मनाङ सदरमुकाम चामे तर्फ संचालन हुने स्थिती बनाएको जनाएको छ ।

साथै जिल्लाको सदरमुकाम स्थित विभिन्न संघ संस्था, स्थानिय जनप्रतिनिधी, युवा क्लव, आमा समुह, होटल व्यवसायी, भद्रभलादमी लगायत सर्वसाधरण नागरीकको उपस्थितिमा विपद व्यवस्थापन अन्तर्गत सवारी दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा सम्वन्धी पर्चा वितरण गरी जनचेतनामुलक कार्यक्रम समेत सम्पन्न भएको छ ।

त्यसैक्रममा जिल्लाको नासों गाउँपालिका वडा नं. ९ दानक्यु स्थित वेशिशहर चामे सडक खण्डमा सवारी दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा सम्वन्धी सवारी धनी, सवारी चालक र सह-चालक साथै यात्रुलाई भेला जम्मा गराई सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ५० बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ

युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा

काठमाडौं– नेपालस्थित युरोपेली सङ्घ (इयु)को प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका राजदूत र

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन्

ओली सरकार कति जोखिममा ?

काठमाडौं– पछिल्लो समय चिया पसलमा समेत मान्छेले सोध्न थालेका छन्–

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुर- अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’