साली भित्र्याउन श्रीमतीसँग दोस्रो बिहे ! « Khabarhub

साली भित्र्याउन श्रीमतीसँग दोस्रो बिहे !


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसले जीवनकालमा एक पटक मात्र विवाह गर्दछन् ।

यदि जीवन साथीसँगको खटपट वा अन्य कारणले केहिले अर्को विवाह हुनेगर्छ । तर कोहि ब्यक्तिले एकै पटक दुई महिलासँग विवाह गर्न सक्ला ? त्यो पनि आफ्नो पत्नी र सालीसँग ।

भारतको मध्यप्रदेशस्थित भिन्ड जिल्लाको गुदावली गाउँका एक सरपञ्च (मुखिया)ले सालीसँग बिहे गरे । अनौठो त त्यहाँ भयो उनले साली भित्र्याउँदा आफ्नी श्रीमतीसँग दोस्रो बिहे गरे । त्यो पनि एकै मण्डपमा ।

यसरी एकै मण्डपमा आफ्नी पत्नी र सालीसँग बिहे गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गुदावलीका सरपञ्च ३५ बर्षीय दिलीप परिहारले ९ बर्ष अघि विनितादेवीसँग विवाह गरेका थिए । अहिले विनितादेवी २८ बर्षकी भइन् र उनीबाट ३ सन्तान पनि भए ।

बिनिता एकाएक बिरामी भएपछि उनले घरमा फेरी साली भित्र्याउने तयारी गरे । अनि उनले बिनिताकै मामाकी छोरी २२ वर्षीया रचनालाई दोस्री दुलही बनाउने योजना बनाए ।

त्यही बिहेको मण्डपमा रचनालाई स्वयम्बरको माला पहिराएपछि फेरि दिलीपले पहिली पत्नी बिनितालाई पनि स्वयम्बरमाला पहिराए ।

सार्वजनिक भिडियोमा विवाह अघि दुबै दिदिबहिनी बेहुलीको पहिरनमा वरमाला लगाएर दिलीपको दायाँबायाँ आउछन् र दिलिपले पालैपालो दुबैलाई माला लगाएर विवाह गरेको देखिन्छ ।

कानूनी र धार्मिक मान्यता अनुसार दोस्रो बिहे गर्न नमिलेपनि अहिलेसम्म दिलिपविरुद्ध उजुरी परेको छैन् । उजुरी परे कारबाही प्रक्रिया अघिबढ्ने स्थानीय प्रहरीले जनाएको छ ।

यता विवाहको भिडियो सार्वजनिक भएपछि दिलीपलाई यस बिषयमा धेरैले प्रश्न गर्न थालेका छन् । जसमा उनले आफ्नो पहिलो पत्नी बिनितिदेवीको स्वास्थ्य खराब भएकाले सन्तानको रेखदेखका लागी साली रचनासंग विवाह गरेको बताएका छन् ।

आफ्नो दोस्रो विवाहका लागि पहिली श्रीमतीको अनुमति लिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ५४ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका