ग्यास्ट्रिकसँग हार्ट अट्याकको लक्षण कसरी छुट्ट्याउने ? « Khabarhub

ग्यास्ट्रिकसँग हार्ट अट्याकको लक्षण कसरी छुट्ट्याउने ?


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्यास्ट्रिक / हार्ट बर्न

पेटको समस्या (ग्यास्ट्रिक) ले छातिको बीच भागमा,घाटिमा वा छातिको देब्रेतिरको तल्लो भागमा पोल्नु वा असजिलो हुनुलाई हार्ट बर्न भनिन्छ ।

हार्ट अट्याक को लक्षण हार्ट बर्न सँग मिल्दोजुल्दो हुने गरेकोले यसलाई यकिन सँग छुट्ट्याउन अत्यन्तै जरुरी हुन्छ । धेरै बिरामीले हार्ट अट्याक लाई हार्ट बर्न ठानेर ठुलो सन्कटमा पनि परेका छन । साथै धेरैले हार्ट बर्न लाई हार्ट अट्याक भन ठानेर अनावश्यक समय, पैसाको खर्च र मानसिक त्रास समेत भोग्न पुग्छन ।

हार्ट बर्न र हार्ट अट्याक कसरी छुट्याउने ?

हार्ट बर्न र हार्ट अट्याक छुट्याउने प्रमुख आधार लक्षण नै हो । कुनै जाचको मदतले यसलाई छुट्याउन कठिन हुन्छ ।

छातिको बिच्मा वा घाटिमा पोल्नु वा असजिलो हुनु दुबै अवस्थामा हुनसक्छ, तर हार्ट बर्न मा दुखाइ देब्रे हातमा सर्दैन ।

हार्ट बर्न मा पहिला देखी ग्यास्ट्रिक को समस्या हुनु, अमिलो पानी आउनु,माथिलो पेट दुखने हुन्छ तर हार्ट अट्याक मा बिच छातिको ठुलो भाग्मा दुखेको पोलेको वा दबाब जस्तो अनुभव हुन्छ ।

वाकवाकी वा बान्ता हुने हार्ट बर्न मा पनि हुन्सक्छ, तर दुखाइ सँग पसीना आउनु हार्ट अट्याक को महत्वपूर्ण लक्षण मानिन्छ ।

मानसिक तनाव, मोटोपना, मदिरा सेवन र खानाको गडबडी (अमिलो,चिल्लो,पिरो) ले हार्ट बर्न बढाउछ ।

खाना खाएपछी वा धेरै बेर खाली पेट भएमा, नपच्ने खालको बहिर खाना खाएमा हार्ट बर्न को सम्भावना हुन्छ ।

मधुमेह, धुम्रपान्, उच्च्कोलेस्टेरोल भएकाले यस्तो लक्षण हुनसाथ मुटु जाच गर्नु राम्रो हुन्छ ।

हार्ट बर्न को उपचार (एन्टासिड्,पन्टोप्राजोल्)शुरु हुने बितिकै आराम हुन थाल्छ , तर हार्ट अट्याक मा उचित उपचार नभएसम्म पुर्न आराम मिल्दैन ।

लक्षण को आधार मा कहिलेकाही बिशेसज्ञलाई पनि निदान गर्न कठिन हुने भएकोले ,बिरामीको सम्पूर्ण अवस्थालाई ध्यान मा राखेर मात्रै हार्ट बर्न को डायग्नोसिस गरिन्छ ।

डा ओम मूर्ति अनिल

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ०६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन